आज, भोलि र पर्सि वर्षाको सम्भावना, डुवान क्षेत्रका बासिन्दालाई सर्तक रहन मौसमविद्को अनुरोध

आज, भोलि र पर्सि वर्षाको सम्भावना, डुवान क्षेत्रका बासिन्दालाई सर्तक रहन मौसमविद्को अनुरोध

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा आजदेखि तीन दिन ठूलो पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि र पर्सी वर्षा अझ बढ्ने अनुमान गरिएको छ । कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आउन सक्ने भन्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आफ्नो ट्विटरबाट सूचना जारी गरी कैलालीको टीकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार