रामेछापमा एसईईको सबै तयारी पूरा,२७ सय विद्यार्थीले परीक्षा दिँदै

रामेछापमा एसईईको सबै तयारी पूरा,२७ सय विद्यार्थीले परीक्षा दिँदै

यहि चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जानकारी दिएको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा यो वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।

यो वर्ष रामेछापबाट दुई हजार ७०० बढी विद्यार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो । १९ वटा परीक्षा केन्द्रहरूबाट जिल्लाका दुई हजार ७०१ जना विद्यार्थीले एसइई परीक्षा दिने उहाँले बताउनुभयो ।

जिल्लाबाट दुई हजार ४११ जना नियमित र २९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुने गजुरेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार