रामेछाप जिल्ला अदालतको प्रगति शतप्रतिशत नजिक

रामेछाप जिल्ला अदालतको प्रगति शतप्रतिशत नजिक

जिल्ला  अदालत रामेछापले चालु आवमा आफनो प्रगति शतप्रतिशत नजिक पुगेको जनाएको छ । अदालतले विहिबार कार्यालय परिसरमा रामेछाप जिल्लाका सँचारकर्मिहरुसँग  अन्तरक्रिया कार्यक्रम गरि चालु आवमा  मुद्दा फस्र्योटको अवस्था सहित अदालतबाट भए गरेको प्रगति विवरणका बारेमा जानकारी गराएको हो ।

जिल्ला न्यायधिस राजेन्द्र नेपालका अनुसार – बदलिदो समय सँगै अदालतले गर्नै दैनिक कृयाकलापबाट उसप्रति नागरिकहरुको विश्वास,भरोसा र सम्मानमा बढवा गराउँन सकियोस भन्ने मुल उदेश्यका साथ अदालत आफनो कामको गतिलाई तिब्र बनाएको हो । कार्यक्रममा अदालतको तर्फबाट भएका मुद्दा फस्र्याेट लगायत चालु एक आवमा भए गरेका सबै गतिविधिका बारेमा जानकारी गराईएको थियो । अदालतले लक्ष्य अनुसार मुद्दा फछ्र्योट गर्दै न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको जानकारी पनि जिल्ला न्यायाधिस राजेन्द्र नेपालले गराउनुभयो ।

अदालतले चालु आवमा कुल ३ सय ६ थान मुद्दा दर्ता हुन आएकोमा कुल २ सय ६३ थानमुद्दा फस्र्याेट भएको जनाएको छ । जसमा देवानीतर्फ २ सय ५ थान र फौजदारी तर्फ ५८थान मुद्धा रहेका छन् । जसमा गतबर्षको जिम्मेवारी सरेर आएका १ सय ९ थान मुुद्ध पनियसै भित्र फैसलाभएको जानकारी पनि सो अन्र्तरक्रिया कार्यक्रमका अवसरमा गराईएको थियो ।

चालु आर्थिक वर्षमा कुल ३ स २३ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्यलिएको जिल्लाअदालतले जेठ मसान्तसम्म २ सय ६३ वटा मुद्दा टुंग्याउँदै ८१.४१ प्रतिशत प्रगति हासिल गरेको र असार मसान्तभित्रमा वाँकी मुद्धा पनि फस्र्योट गरि आफनो लक्षलाई शतप्रतिशत सफल बिन्दुमा पुराउने पनि जिल्ला न्यायधिस राजेन्द्र नेपालले जानकारी गराउनु भएको थियो ।

चालु आवको जेठ मसान्तसम्म अदालतमा ३ सय ६ वटा नयाँ मुद्दा दर्ता भएका छन्। गतआर्थिकवर्षबाट जिम्मेवारी सरेर आएका १ सय ९ वटा मुद्दासहित अदालतमा कुल ४ सय २५ वटा मुद्दा विचाराधीन रहेको कार्यक्रमको प्रस्तोता  अदालतकि निमित्त श्रेस्तेदार विमला पन्थीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार