बार्सा लीगमा रहन जित्नै पर्ने खेल

बार्सा लीगमा रहन जित्नै पर्ने खेल

एजेन्सी । बार्सा लीगमा रहन जित्नै पर्ने खेल स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलाले आज अर्थात शनिबार रियाल भालाडोलिडसँग खेल्नेछ ।

लालीगाको उपाधि रिलेमा रहेको बार्सिलोनाले आजको रियाल भालाडोलिडसँग जित निकाल्दै शिर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी १ मा छोट्याउन चाहन्छ । यी दुईबिचको खेल भालाडोलिडको घरेलु मैदान जोसे जोरिल्लामा नेपाली समयानुसार राति सवा ११ बजेबाट शुरु हुनेछ । अंक तालिकामा दोश्रो बार्सा शिर्ष स्थानको रियालभन्दा ६ अंकले पछि रहेको छ । रियालको ३५ खेलमा ८० अंक छ भने बार्साको समान खेलमा ७६ अंक छ ।

आजको खेल बार्साले गुमाए र सोमबार रियाल मड्रिडले ग्रानडासँग हुने खेलमा जित हात पारे बार्साको उपाधि जित्ने चाहना कम्तिमा यस सिजनको निम्ति तुहिनेछ । तसर्थ आजको खेलमा बार्सालाई स्पष्ट जित निकाल्दै बार्सा उपाधि दौडमा रहने दाउँमा हुनेछ ।

अर्काेपटि तुलनात्मक केही कमजोर मानिएको १४औं स्थानको भालाडोलिडको ३९ अंक छ ।

यस्तै आजै लालीगा अन्तर्गतको अन्य खेलमा ओसासुनाले सेल्टाभिगोसँग राति पौने ८ बजे खेल्नेछ भने एट्लेटिको मड्रिडले रियाल बेटिससँग अन्तिम खेल पौने २ बजे खेल्नेछ ।

मेरो खेल बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार