टोरिनोविरुद्ध युभेन्ट्सको चार गोल

टोरिनोविरुद्ध युभेन्ट्सको चार गोल

काठमाडौँ। गएराति भएको इटालियन लिग सिरी ए मा युभेन्ट्सले टोरिनोलाई ४-१ गोलले पराजित गरेको छ । सिरी ए उपाधि दाबेदार क्लबले घरेलु मैदानमा सहज जित हात पारेको हो । युभेन्ट्सलाई सानदार जित दिलाउन पाब्लो ड्याबला, जुयन कुवाड्राडो, क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

टोरिनोका कोफी डिजिजिले आत्मघाती गोल गरे । टोरिनोका लागि एकमात्र गोल एन्द्रीया बेलोटीले गरे । यो जितसँगै लिगको शिर्ष स्थानमा रहेको युभेन्ट्सले ३० खेलमा ७५ अंक जोडेको छ ।

टोरिनोको ३१ अंक रहेको छ । टोरिनो लिगको १५ औ स्थानमा रहेको छ ।

लिगको दोस्रो स्थानमा रहेको लाजियो मिलानसँग ३० गोलले पराजित भएको छ । पराजित लाजियो उपाधि दौडमा विस्तारै पछि परेको छ ।

sajhapost

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार