सङ्कटमा ईश्वर – नबीन गाउँले

सङ्कटमा ईश्वर – नबीन गाउँले

ईश्वरहरु
अाफैभित्र हराएको भयानक
गति सल्किरहेकाे देखेकाे छु
याे असत्य महा समरभित्र

चुली अभियान पाेखिदै गइरहेको छ
अनेकौं वासनाहरु इन्द्रेणी रङझै
याे देखिएको समयमा
सम्भाेगकाे निम्ठाे अभियान लिएर
ईश्वर
अाफै अाफ्नाे अस्तित्व
दाबी गर्न
हतार हतार गर्भाधानकाे नाटक
मञ्चन गरिरहेकाे छ

ईश्वरहरु
अाफ्नै विधि र बिधानसग
अभीष्टताकाे स्वप्नता बाेकेर
सत्ता स्थापनाकाे
हठात् लालसामा
किन लामबद्ध भएका छन्?

भालाजस्ता ऐसेलुका नाङ्गा काढाहरुले
राेमकाे सडक किनार क्रसहरु
किन पाइलै पिच्छे शङ्खध्वनि बजाइरहेछ
ईश्वर?
टुक्रिएर पाेखिन कर परिरहेछ
लड्खडाई लड्खडाई रहेकाे छ
अस्तित्व
हाे एउटा हतार छ ईश्वरलाई
अाफ्नाे सत्ताकाे अस्तित्व दाबी गर्न

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार