रामेछाप रामपुरमा भान्जाले खुकुरी प्रहार गर्दा मामा घाइते

रामेछाप रामपुरमा भान्जाले खुकुरी प्रहार गर्दा मामा घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन । भान्जाले मामालाई खुकुरी प्रहार गर्दा मामा घाइते भएका हुन ।

आज(बुधबार) घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका तामाङको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले बताउनुभयो । घाइतेको अवस्था सामान्य छ । घटनाको बारेमा थप अनुसन्धान भैरहको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार