रामेछाप जिल्लामा थप ५ दिन निषेधाज्ञा

रामेछाप जिल्लामा ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्लामा हरेक दिनजसो कोरोना भाइरसको संक्रमित थपिन थालेको र समुदायमास्तरमा जोखिम रहेको भन्दै थप ५ दिन निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यसअघि […]

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने […]

रामेछाप नगरपालिकाका एक स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देखिएका ६ जना कोरोना संक्रमित सबै रामेछाप नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा रामेछाप नगरपालिकाको क्वान्टिनमा रहेका ३ जना , रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मी र बाँकी […]

रामेछाप बजारमा थप कडाई गर्ने तयारीमा छौँ : वडाअध्यक्ष कार्की

(नेपाल सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गत चैत्र ११ देखि देशभर लकडाउनको घोषणा गर्यो जुनबेला नेपालमा संक्रमण नागन्य मात्रामा थियो । पछि लकडाउन पुर्ण रुपमा हटाईयो जसले गर्दा फेरी संक्रमणको ग्राफ ह्वात्तै बढेर गयो । हाल देशभर ३४ हजार ४ सय १८जना कोरोना संक्रमित भएका छन् र १ सय ७५ जनाले यसै संक्रमणबाट ज्यान गुमाईसेका छन् […]

हालसम्म रामेछाप जिल्लाका ६० जना कोरोना संक्रमित

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछाप जिल्लाका ६० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामेछाप स्थायी बसोबास सहित देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्दै आएका ५३ जना पुरुष र ७ जना महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । जसमध्ये सोमबारसम्म ३० वटा केस सक्रिय रहेको छ भने […]

लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष विरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता

रामेछापको लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष गोबिन्द वहादुर खड्का विरुद्ध फेरी जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । गाउंपालिकामा कार्यरत स्वास्थ्यकर्मी युवतिले अध्यक्ष खड्काले आफ्ु विरुद्ध करणी गरेको अभियोगमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक वशन्त पाठकले जानकारी दिुनभयो । प्रहरीले दुवैलाई स्वास्थ्य परिक्षण समेत गराई सकेको छ । […]

आज रामेछापका ४८ जनाका स्वाब संकलन , १०९ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आज पिसिआर परीक्षणका लागी ४८ जनाका स्वाब संकलन गरिएको छ । आज स्वाब संकलन गरिएकाहरु लिखु तामाकोशी गाउँपालिकका ४० जना , दोरम्बा गाउँपालिकाका ६ जना , जिल्ला अस्पतालका १ जना र मन्थली नगरपालिकाका १ जना रहेका छन । अहिलेसम्म जिल्लाका एक हजार १ सय २५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड […]

रामेछापबाट २ महिना अघि काठमाडौँ गएका १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ ल्याङल्याङबाट २ महिनाअघि काठमाण्डौँ गएका एक जनामा आज कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनालका अनुसार संक्रमित व्यक्तिले विर अस्पतालमा स्वाब परीक्षण गराएका थिए । यस्तै हिजो मात्रै काठमाण्डौँमा बसोबास गर्दै आएका तर रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकका २ जनामा […]

रामेछापका ११६ जनाको पिसिआर रिपोट आउन बाँकी,१५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म एक हजार ७७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

विपत्तमा जनतालाई जिस्काउदै सांसद श्रेष्ठ

केहिदिन अघि समाजिक संजालमा एउटा समाचार सार्वजनकि भयो । काठमान्डौमा बसिरहेका रामेछापका नागरिकहरुमा आशा जगाउने खालको त्यो समाचार केहि घण्टामै हरायो पनि । रामेछापबाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले कोरोना माहामारीको यो बेला राजधानीमा समस्यामा रहेका जिल्लाबासीलाई आँफुलाई सम्पर्क गर्न आग्रह गरेको खवर थियो त्यो । सांसद श्रेष्ठको आफ्नै नाम रहेको फेसवुक पेजबाट समेत […]