रामेछापमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना पुष्टि भएको छ । रामेछापको खाँडादेवि गाउपालिकाका २५ वर्षको पुरुषमा कोरोना संक्रमणको देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित पुरुषको स्वाब काठमाडौंमै परीक्षण गरिएको उहाँले बताउनुभयो । रामेछापमा हालसम्म जिल्लाबाट स्वाब परीक्षण गरिएका ३७ जना र जिल्ला बाहिर स्वाब परीक्षण गरिएका ३७ जनामा कोरोना संक्रमण भैसकेको छ । जिल्लाका हालसम्म ७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार २ सय २८ जना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । हिजो काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ सहित देशभर थप १२२८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।देशभर सक्रिय सङ्क्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशन अर्थात घरमा ७ हजार ७४२ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार