सरकारले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने

सरकारले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र यात्रा विवरण नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न लागेको हो । चिकित्सकहरूका अनुसार नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । पछिल्लो समय नेपालमा देखिएका ९६ प्रतिशत कोरोना सङ्क्रमित स्थानीय रहेको विज्ञहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा सुरेश तिवारीले नेपालमा पछिल्लो समय देखिएका सङ्क्रमित स्थानीय नै रहेको हुनाले समुदायस्तरमै कोरोना फैलिएको हो होइन भन्ने विषयमा पुष्टि गर्नका लागि अध्ययन गरिने बताउनुयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार