रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का ६५ वर्षकि महिला ,सोही ठाउँका २४ र २७ वर्षका दुइजना पुरुष गरि ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो । रामेछाप जिल्लाका हालसम्म ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार