रामेछापमा अब दिउसो १ बजेसम्म पसल तथा व्यवसायरु खोल्न पाइने

रामेछापमा अब दिउसो १ बजेसम्म पसल तथा व्यवसायरु खोल्न पाइने

रामेछाप जिल्लाको बजार लाई यहि २०७७ भदौ १९ गते देखि लागुहुने गरी बिहान ५ बजे देखि दिउसो १ बजे सम्म खोल्नदिने आन्तरिक सहमति भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको मन्थलीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।उक्त बैठकले जिल्ल्लामा ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शार्माको अध्यक्षतामा बसेको बैठकले यस अघि २०७७ भदौ १३ गते राती १२ बजे देखि भदौ १८ गते राती १२ वजे सम्मका लागि गरिएको निषेधाज्ञालाई लम्ब्याएर भदौ २५ गते सम्म जारी राख्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट जारी आदेश

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-19 संक्रमण यस जिल्ला भित्र निरन्तर बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेको छ । यस जिल्लामा सो रोगको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले नेपाल सरकार मन्त्रिपरिषद् तथा जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय तथा संक्रमण रोग ऐन, 2020 को दफा 2 एवं स्थानीय प्रशासन ऐन, 2028 को दफा 6 (3) ले दिएको अधिकार प्रयोग गरी मिति 2077/05/13 गते राती 12:00 ah] b]lv 2077/05/18 गते राती 12:00 बजेसम्म लगाईएको निषेध आदेश मिति 2077/05/18 गते राती 12:00 ah] b]lv 2077/05/25 गते राती 12:00 बजेसम्म रामेछाप जिल्लाभर लागू हुने गरी देहाय बमोजिमका गतिविधिहरु गर्न/गराउन निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

निषेध गरिएका कार्य/सेवाहरु                                         देहाय

  1. औषधी, खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन अन्य पसल बाहेक ;}n’g, पार्लर, होटल, रेष्टुरेन्ट, भोजनालय सञ्चालन गर्न ।
  2. औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।
  3. अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन ।
  4. फुटपाथ/खुल्ला ठाउँ, ठेलागाडा/साइकल, हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न, कवाडी संकलन गर्न ।
  5. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न।
  6. शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।
  7. दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।
  8. यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका 7:00 बजे b]lv विहान 5:00 बजे सम्म पैदल आवात जावत गर्न ।
  9. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।
  10. अत्यावश्यक सेवाका र मालवाहक ढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न ।
  11. ढुवानी साधनमा मानिसहरु लुकाएर ल्याउन ।

सञ्चालन गर्न पाउने कार्य/सेवाहरु

  1. कामदार/कर्मचारीहरु आयोजना स्थलमै क्वारेन्टिन राखी विकास निर्माण/आयोजनाका कार्य ।
  2. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी/गराई उद्योग व्यवसाय सञ्चालन गर्न ।
  3. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, औषधी, खाद्यान्न, फलफूल, तरकारी दुध लगायतका अत्यावश्यक सेवाका पसलहरु विहान 5:00 बजेबाट दिउँसो 1:00 बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन ।
  4. सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउने । सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने।
  5. बैक वित्तीय संस्था/सहकारी कार्यालयहरु विहान 10:00 बजे देखि दिउँसो 2:00 बजे सम्म नेपाल राष्ट्र बैंकले तोकेको वा न्यूनतम कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउने ।
  6. कुनै पनि पेशा, व्यवसाय, सेवा सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड पालना गर्ने/u/fpg], सम्बन्धित व्यक्ति, निकाय/संस्थाको कर्तव्य हुनेछ।
  7. उल्लेखित आदेशको उल्लघन गर्ने र पालना गर्न/गराउन अवरोध गर्नेहरु उपर संक्रमण ऐन, 2020, स्थानीय प्रशासन ऐन, 2028 तथा प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  8. पितृ कार्य तथा श्राद्ध लगायतका कार्यहरु आफू भैरहेको स्थानबाट न्यूनतम संख्यामा सम्पन्न गर्न ।
  9. कोभिड-१९ को बढ्दो संक्रमण र असहज अवस्थामा आदेशको पूर्ण पालना गरी/गराई यसको रोकथाम र नियन्त्रणको लागि सहयोग प्रदान गर्नु हुने सम्पूर्ण जिल्लावासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार