रामेछापमा थप एक साता निषेधाज्ञा लम्ब्याईयो

रामेछापमा थप एक साता निषेधाज्ञा लम्ब्याईयो

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । यहि भदौ १३ गतेदेखि जारी निषेधाज्ञाको समय आजराति १२ बजेदेखि सकिँदै थियो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माको अध्यक्षतामा आज बसेको जिल्ला स्तरीय कोभिड-19 संकट व्यवस्थापन केन्द्र (DCCMC) को  बैठकबाट निशेधाज्ञालाई यहि भदौ २५ गतेसम्म निरन्तरता दिने निर्णय भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिइएको प्रजिअ शर्माले बताउनुभयो ।

मिति 2077 भाद्र 18 गते विहिबारका दिन प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड-19 संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकबाट नेपाल सरकारको निर्णय, यस जिल्लामा कोभिड-19 को संक्रमणको जोखिम र जिल्लाको वस्तुस्थिति विश्लेषण गरी देहाय बमोजिमका निर्णयहरु गरियो ।

  1. नेपाल सरकार मिति २०७७/05/14 को निर्यानुसार, सबै प्रदेश सरकार तथा स्थानीय तहले संकट जोखिम विश्लेषणका आधारमा प्रदेश कोभिड­­-१९ संकट व्यवस्थापन केन्द्र (PCCMC) र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को समन्वयमा Isolation वार्डको प्रबन्ध गर्ने, प्रदेश र स्थानीयबाट प्रबन्ध हुने आइसोलेसन वेडको व्यवस्था र संचालनका लागि आवश्यक बजेट प्रदेश कोरोना संक्रमण रोकथाम तथा उपचार कोषबाट उपलब्ध गराउने सो कोषबाट रकम उपलब्ध गराउन सक्ने अवस्था नभएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउने निर्णानुसार छलफल गर्दा सोही अनुरुप स्थानीय तहहरुले Isolation bed विस्तार गर्ने ।
  2. कोभिड-१९ को संक्रमणको दर बढिरहेकोले मिति २०७७/0५/१३ देखि मिति २०७७/0५/१८ गते राती १२ बजेसम्म लगाइएको निशेधाज्ञालाई मिति २०७७/0५/२५ गतेसम्म निरन्तरता दिने निर्णय गरियो । यस सम्बन्धि विस्तृत सूचना जिल्ला प्रशासन कार्यालयले जारी गर्ने ।
  3. क्यान्सरका किमो लिने बिरामी, डाइलासिस गर्ने बिरामी अन्य दिर्घ रोगी बाहेक उपचार सम्भव भए सम्म जिल्ला भित्र कै अस्पताल, स्वास्थ्य संस्थामा उपचार गराउने व्यवस्था मिलाउने र यसको सहजिकरण स्थानीय पालिका वडातहबाट गर्ने ।
  4. नियमीत उपचार गराउन काठमाण्डौ जाने/आउने विरामीमा कोभिड-१९ संक्रमित पुष्टि देखिन थालेकोले एम्बुलेन्स चालकहरुले Emergency विरामी मात्र लाने ल्याउने व्यवस्था गर्ने र एम्बुलेन्समा यात्रा गर्ने विरामीको विवरण, सम्पर्क नं., दैनिक रुपमा तयार गरी आवश्यक परेको अवस्थामा जनस्वास्थ्य कार्यालयमा पठाउने ।
  5. कोभिड-१९ को कारण निषेधाज्ञा, बन्दाबन्दीले पारेको प्रभाव र जिल्लाबाट गर्नुपर्ने सहजीकरण सम्बन्धमा स्थानीय संकट व्यवस्थापन केन्द्रले निर्णय गरी जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रमा पठाउने ।
  6. कुनै व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको जानकारी पाएपछि संक्रमित व्यक्ति तोकिएको Isolation मा बस्नु हुन र जिल्ला स्वास्थ्य कार्यालयको सहयोग एवं समन्वयमा Tracing गर्ने कार्य स्थानीय तहबाट गर्ने साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य Home Isolation/क्वारेन्टिनमा बस्नु हुन र निजको घरमा खाद्यान्‍न लगायत अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था सम्बन्धित वडाबाट मिलाउने ।
  7. सबै नगरपालिका र गाउँपालिकाका वडा, टोल र समुदायस्तरमा वडाका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, रेडक्रस, गैससका प्रतिनिधिको गठित कोरोना रोकथाम समुह Covid-19 Prevention Group (CPG) लाई कोभिड-19 को संक्रमण रोकथाम र नियन्त्रत्रणमा सकृय रुपमा परिचालत गराउन पालिकाहरुलाई अनुरोध गर्ने ।
  8. जिल्लाको बजार क्षेत्रहरुमा संचालनमा आएका खाद्यान्‍न पसल, रेष्टुरेन्ट, होटल, आदि उद्योग व्यवसायमा संलग्न व्यक्तिहरु धेरै जनसम्पर्कमा आउने र जोखिम हुने भएकोले त्यस्ता कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य PCR परीक्षण गर्ने व्यवस्था मिलाई उद्योग व्यवसाय संचालन गर्ने र यसको व्यवस्था उद्योग बाणिज्य संघले गर्ने ।
  9. छिमेकी जिल्लाहरुबाट धार्मिक, सास्कृतिक, पितृ कार्यको वहानामा ठूलो संख्यामा मानिसहरु आउने क्रम रहेकोले नियन्त्रणको लागि उपत्यका लगायतका जिल्लाहरुलाई अनुरोध गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार