मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्छौँ : प्रजिअ शर्मा

अब रोमछाप जिल्लामा पनि मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई कारबाहि गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । लकडाउन खुल्लाभयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने प्रजिअ शर्माले बताउनुभयो । नागरीकहरु आफै सचेत बन्नुपर्ने बताउँदै […]

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड २० लाख लागतमा निर्माण हुने कबर्ड हल कस्तो बन्दै छ त ? यो सबैको चाँसो र सरोकारको विषय हो । सुकाजोरमा बन्दै गरेको कबर्ड हल यस्तो बन्दै छ । हेर्नुस तस्विरमा :

सुनको भाउ बढ्यो तोलाको ९६ हजार ३ सय रुपैंया

सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आईतबार छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० […]

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । अहिले सडक कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको वडानम्बर ७ का वडाअध्यक्ष समीर कार्किले जानकारी दिनुभयो । जम्मा १ करोड ५९ लाख लागतमा बाग्मती प्रदेशको ८४ लाख र बाँकी […]

पुरानो घ्याप्चेको पहिरोको उच्च जोखिममा गैराथोक गाउँ

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ गैराथोकगाउँपहिरोको उच्चजोखिममा परेको छ।लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त पहिरेो खस्ने क्रम नरोकिए पछि गाउँमारहेका२ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन । वर्षौँेदेखिकोे घ्याप्चेको पहिरोजाने क्रम नरोकिएपछि गैराथोकका धेरै नागरीकहरुले गाउँ नै छाडेर हिँडेका छन । जुनसुकै समयमापनिपहिरो झरीरहने गैराथोकगाउँको धैरै खेत, […]

वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गर्नुभएको हो । मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका […]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५७ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय […]

आहा !! रामेछाप भालुखोप , ताराखसे पोखरी (फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मा अवस्थित रामेछाप जिल्लाकै ऐतिहासिक , धार्मिक एवम पर्यटकिय स्थल तारकेश्वर महादेव मन्दिर , ताराखसे पोखरी , भालुखोप डाँडा लगायतको सुन्दर एवम मनोरम दृश्यहरु    

पर्सीसम्म मौसम सामान्य, मंगलबारदेखि फेरि ठूलो वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा हटेकाले पर्सीसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन् । तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर ठूलो वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ । यही क्षेत्रबाट रेखा बन्ने हो । जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर […]

सत्तारूढ नेकपा विवाद फेरि सतहमा देखिँदै

लगातारको स्थायी कमिटी बैठक आह्वान र स्थगनको क्रम चलिरहँदा नेकपाका नेतार्काकर्तालाई उत्कर्षमा पुगेको विवाद मिल्दै होला भन्ने अझैँ पनि लागिरहेको छ । यस बारेमा कतिपय नेकपाका नेताहरूको अभिव्यक्ति सुन्दा पनि त्यसै लाग्छ । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गुटगत बन्द कोठाभित्रको भेलालाई […]