यस्तो छ गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम

रामेछापको गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम :  नेपालको संविधान २०७२ जारी भए पश्चात भएको मिति २०७९ बैशाख ३० गतेको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएर आएका छौ । हामिले निर्वाचनमा भाग लिई रहँदा जनताको माँझमा बिभिन्न प्रतिबद्धताहरु जाहेर गरेको कुरा यहाँहरु सबैमा जगजाहेरनै छ । यसका साथै हामी यसै स्थानमा […]

रामेछाप बाबियाखर्कमा अटो र मोटरसाइकल ठोक्कियो

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा अटो र मोटरसाइकल एकअपसमा ठोक्किएर दुर्घटना भएको छ । आज साँझ  सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा आउँदै गरेको प्रदेस २ ०४००१ ह ००१३ नम्बरको अटो र रामेछाप डाँडाबाट बाबियाखर्क जाँदै गरेको बागमती प्रदेश ०२ ०२१ प ८४८९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप […]

विद्युत अनियमित हुँदा रामेछापका नागरिक आक्रोसित

रामेछाप जिल्लामा पटकपटक बिजुली जाँदा यहाँका नागरिक आक्रोसित बनेका छन् । सरकारले दैनिक रूपमा भारतलाई बिजुली निर्यात गरिरहँदा देश भित्रकै नागरिक बिजुलीको अभाव खेपिरहेका छन् । रामेछापमा अहिले अघोषित लोडसेडिङ चलिरहेको छ । जसका कारण घर तथा कार्यालयमा असहज भइरहेको छ । बिजुली छिनमा आउने छिनमा जाने समस्याले जिल्ला अस्पतालको सेवा प्रवाहमा निकै समस्या परेको […]

कवि नवीन गाउँलेको दुइ कविता

भद्दा मजाक पाब्लो नेरुदा आफ्नो अतिप्रिय कुकुरको मृत घोषणा गरिरहेका थिए त्यस बखत घरको अघिल्तिर सुनसान बगैंचाको कुनै कुनामा भावुक भएर आफ्नो अति प्रिय कुकुरको पार्थिक शरीर गाडिरहदा छेवैमा जीवनको कुरुपता माथि पाब्लो नेरुदा शिर झुकाउदै आफ्नो अती प्रिय कुकुरको खातिर फ्याकिदिदै थिए एक सम्मोहनको भद्दा सलाम पनि आफ्नो अति प्रिय कुकुरमाथि गढेर बसेको हृदयमा […]

गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क […]

रामेछाप स्थित सुनकोसी नदीमा डुंगा दौड प्रतियोगिता सुरु, देशभरका २० टिम सहभागी

अन्तर जिल्ला प्रथम खुला डुंगा दौड प्रतियोगिता आज रामेछाप स्थित सुनकोसी नदीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा देशभरका २० टिमको सहभागिता रहेको छ । माझीको परम्परागत पेशाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । सुनकोसीमा परम्परागत सिमलको डुंगा चलाएर […]

नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश […]

रामेछाप नगरपालिका र बीमा समिति बीच छलफल

बीमा समिति र रामेछाप नगरपालिका बीच स्थानिय तहसँग बीमा समिति विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाल्दै नगर प्रमुख न्यौपानेले नगरबासीलाई आफ्नो फजुल खर्चलाई कटौती गरेर बीमा गर्न अनुरोध गर्नुभयो । उहाँले बीमा सम्बन्धी जनचेतना प्रवर्द्धनका लागि बीमा समितिसँग समन्वय गरेर नगरपालिका अगाडि […]

कलेजको सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने रामेछापका एक सहित ४ विद्यार्थी पक्राउ

काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले रामेछापका एक सहित चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । […]

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ विरुवा लगाउन कृषिविज्ञको सुझाव

रासायनिक मलको विकल्पमा ‘ढैैँचा’ नामको विरुवा उमारेर मल बनाउन सकिने कृषि विज्ञहरूले बताएका छन् । हरेक वर्ष रासायनिक मलको अभाव हुने गरेको भन्दै यसको विकल्पमा ढैैँचा’ नामको विरुवा प्रयोग गर्न सकिने उनीहरूले बताएका हुन् । कृषिविज्ञ निर्मल रेग्मीलेगोबर मल र रासायनिक मलको विकल्पमा कतिपय किसानले आफ्नो खेतमा ‘ढैैँचा’ नामको बिरुवा उमारेर मल बनाउन सुरु गरिसकेका […]