राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा ५ दिनको लागी बन्द

राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा ५ दिनको लागी बन्द

राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडा ५ दिनको लागी बन्द गरिएको छ । बैँकका प्रबन्धकलाई शनिबार कोरोना पुष्टिएपछि बैँकबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २०७७ असोज ११ गते आईतबारदखि २०७७ असोज १५ गतेसम्मका लागी बन्द गरिएको वाणिज्य बैँक शाखा कार्यालय रामेछाप डाँडाले एक सुचना प्रकाशित गरि जानकारी गराएको छ । कोरोना संक्रमण पुष्टि भएका बैँकका प्रबन्धक केहि दिन अघि काठमाण्डौँबाट रामेछाप आउनुभएको थियो । उहाँलाई समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उहाँ हाल रामेछाप नगरपालिकाको आईसोलेसनमा बस्नु भएको छ भने बैँकका अन्य कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन । शनिबार रामेछाप जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार