रामेछापका लगभग १५ सय जनाको पीसीआर परीक्षण

रामेछापका लगभग १५ सय जनाको पीसीआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका छन । कोरोना संक्रमित १४ जनाको उपचार भईरहेको छ ।

१४ जना संक्रमितहरुमा १ जना महिला होमआईसोलेसन , एक पुरुष कारागार कार्यलय रामेछाप , रामेछाप नगरपालिकाको आईसोलेसनमा १ जना र उमाकुण्ड गाउँपालिकाको आईसोलेसनमा २ जनाको उपचार भईरहेको छ । यसैगरी गोकुलगंगा अस्पतालमा ८ जना र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा १ जना संक्रमितको उपचार भईरहको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ८७ , रामेछाप नगरपालिकामा १ सय ६३ , उमाकुण्ड गाउँपालिकामा १ सय ६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

रामेछाप जिल्लामा ३४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३४ जना क्वारेन्टिनमा रहेका छन । १० जना महिला र २४ जना पुरुष गरी ३४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा १ ,उमाकुण्ड गाउँपालिकामा २ र गोकुलगंगा गाउँपालिकामा ३१ जना गरी जिल्लाभर ३४ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , दोरम्बा , खाँडादेवी , लिखुतामाकोशी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार