रामेछापका ७१ जनाको रिपोर्ट आउन बाँकी , ३७ जना क्वारेन्टिनमा

रामेछापका ७१ जनाको रिपोर्ट आउन बाँकी , ३७ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अब जिल्लाबाट पिसिआर परीक्षणका लागी पठाइएको ७१ जनाको रिपोर्ट आउन बाँकी छ ।

जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका छन । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ । १ जना होम आईसोलेसन , ६ जना प्राथमिक स्वास्थ्य केन्द्र मन्थली र ८ जना गोकुलगंगा अस्पतालमा गरी १५ संक्रमतिको उपचार भईरेहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ८७ , रामेछाप नगरपालिकामा १ सय ६३ , उमाकुण्ड गाउँपालिकामा १ सय ६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा ३७ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३७ जना क्वारेन्टिनमा रहेका छन । ११ जना महिला र २६ जना पुरुष गरी ३७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा १ ,उमाकुण्ड गाउँपालिकामा ५ र गोकुलगंगा गाउँपालिकामा ३१ जना गरी जिल्लाभर ३७ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , दोरम्बा , खाँडादेवी , लिखुतामाकोशी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ३ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार