३८ पदक सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको पाँचौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

रामेछाप कारागारमा रहेका २ जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय मिनाहा

सरकारले प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारमा रहेका दुई जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय कट्टा गरेको छ । मन्त्रिरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले जिल्ला कारागार रामेछापमा रहेका दुई जना कैदीबन्दीको आधा कैद सजाय कट्टा गर्नुभएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका लालकाजी भनिने कर्मा लामा र रामेछाप खाँडादेवी १ का तिर्थ […]

मन्थलीमा मन्थली नगर कप पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछापको मन्थली नगरपालिकामा नगर कप पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । प्रतियोगिताको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभएको छ । फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा १४ वटा वडाबाट १४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित ट्रफि र प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार ट्रफि र प्रमाणपत्र […]

रामेछापको छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर छाप,पात्लेमा शिव मन्दिर उद्धघाटन गरिएको छ । महाशिवरात्रि पर्वको अवसरमा नव निर्मित शिव मन्दिरको उद्धघाटन गरिएको रामेछाप नगरपालिका ७ का वडा सदस्य महेन्द्र मगरले जानकारी दिनुभयो । एक सय वर्षिय मनमाया मगरले उक्त मन्दिरको उद्धघाटन गर्नुभएको हो । वडा कार्यालय,स्थानियको जनश्रमदान तथा सहयोगमा मन्दिर निर्माण गरिएको हो । […]

खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्छु : सांसद श्रेष्ठ

रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्ने बताउनुभयो । रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेलप्रती खेलाडीको हौसलासँगै विद्यार्थीबेलोदेखी नै प्रतिस्पर्धाको भावना जागृत गराउनमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको उहाँले […]

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यस्ता प्रतियोगिताले धेरै सहयोग गरेको बताउनुभयो । स्वास्थ्यका लागी पनि […]

मिनिट्रक दुर्घटनामा रामेछापका युवकको मृत्यु

काभ्रेको धुलिखेलमा मिनिट्रक दुर्घटना हुँदा रामेछापका युवकको मृत्यु भएको छ । बिहिबार बिहान धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बीपि राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी निवासी ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक काफ्लेको धुलिखेल अस्पतालमा उपचारको […]

रामेछाप बजार नजिकैको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

रामेछापको जिल्ला वन कार्यालय नजिकको जंगलमा भीषण डढेलो लागेको छ । मंगलबार दिउँसोदेखि डढेलो लाग्न सुरु भएको हो । रामेछाप बजार सहित आसपासका बस्ती जोगाउन सेना, प्रहरी, र स्थानीय डढेलो नियन्त्रणमा खटिएका छन् । रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजार नकिकैको उक्त जंगलमा सल्लाका रुखहरु रहेका छन । डढेलो नियन्त्रणमा लिने प्रयास भैरहेको रामेछाप […]

रामेछाप वादीमा एक घर जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा बिहिबार एक घर जलेर नष्ट भएको छ । बिहिबार दिउँसो वादी छापडाँडाका जित बहादुर हायुको घर र गोठमा आगोलाग्दा घर तथा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईका अनुसार केटाकेटीले आगो खेलाउँदा उक्त […]

संसद भवन अगाडिबाट रामेछापकी बिनु यादव पक्राउ

घरेलु हिंसाबाट पीडित रामेछापकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्रार्उ पर्नुभएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उहाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । बिनुले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आउनुभएको छ । कठायतले उहासँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उहाँले अदालत […]