सांसद कान्छारामले ओखलढुंगामा सडक अलपत्र पारेको भन्दै प्रदर्शन

ओखलढुंगामा सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पारेको भन्दै ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध स्थानीयले आन्दोलन थालेका छन् । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङ विरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् । यसअघि स्थानीयले पटकपटक ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको […]

गोकुलगंगा गाउँपालिकाको दोश्रो चौमासिक अबधिसम्म ५५.९४ प्रतिशत रकम खर्च

रामेछापको गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकम खर्च भएको छ । गाउँपालिकामा शनिबार आयोजित चालु आ.व. ०७९/८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम […]

जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा आएन

जिल्ला अस्पताल रामेछाप नजिकैको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हिजो रातीदेखी लागेको आगो नियन्त्रणमा नआउँदा अस्पताल जोखिममा परेको छ । आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ । नेपाली सेना,प्रहरी,स्थानिय लगायतको सहयोगमा आगो निभाउने प्रयास भैरहेको हो । उक्त जंगलमा २०६६ साल वैशाख १० गते आगो निभाउने क्रममा श्री जंग गणका १३ […]

रामेछाप स्थित तामाकोशी नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेल तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका छन् । भटौलीको मुगिटार नजिकैबाट पौडी खेल्न तामाकोशीमा पसेका पौडेलको स्थानीय र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उनको खोजी कार्यका लागि गोताखोरको सहायता आवश्यक देखिएको छ […]

रामेछाप सालुमा पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–४, गैह्राथोककी १० वर्षीया बालिका महनकुमारी बलमपाखीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनी भक्तबहादुर बलम्पाखीकी छोरी हुन् । बुधबार घरमा कोही नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिँचाइ पोखरीमा पसेकी थिइन् । बालिका पोखरीमा डुबेको खबर पाउनासाथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा उपचारार्थ पुर्‍याइएको थियो […]

उमाकुण्ड गाउँपालिका अध्यक्ष सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना भएको छ । अध्यक्ष सुनुवार आफैले चढ्दै आएको सरकारी नम्बर प्लेटको गाडी सिक्ने क्रममा दुर्घटना भएको हो । बा १ झ ९५९४ नम्बरको गाडी अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएपनि उहाँ भने सकुशल हुनुहुन्छ । अध्यक्ष सुनुवारले सिक्ने क्रममा दुर्घटना भएको गाडीको अगाडीको […]

१० महिनामै रामेछापका ५ हजारभन्दा बढी युवा विदेश गए

विगत केहि बर्षको तथ्याङक हेर्नेहो भने प्रत्येक बर्ष रामेछापबाट रोजगारी गर्न विदेश जाने युवाहरुको संख्या बढ्दै गएको छ । १० महिनामै रामेछापका ५ हजारभन्दा बढी युवा विदेश गएका छन । आर्थिक वर्ष २०७९/०८० मा रामेछापबाट ५ हजार ७ सय ५४ जना विदेश गएका हुन । यो आर्थिक वर्षको चैत्रसम्म ११ सय ५० जना महिला र […]

जिल्ला अस्पताल रामेछापमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुँदै

जिल्ला अस्पताल रामेछापमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हने भएको छ । रामेछाप नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा काभ्रेको आयोजना शिविर संचालन हुन लागेको हो ।यहि जेठ ४ गते बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म शिविर संचालन हुनेछ । शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको,आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको,भाँचिएर बाङ्गो […]

रामेछाप बाबियाखर्कमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कको गणेश चोकमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ । यहि वैशाख १९ गते सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ वैशाख २७ गतेसम्म संचालन हुनेछ । बाबियाखर्कका दामोदर घिमिरेले व्यक्तिगत लगानीमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लगाउनुभएको हो । काश्यप गोत्र घिमिरे थरका […]

रामेछापबाट काठमाडौं जाँदै गरेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना

रामेछापबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन । अन्य घाईतेको अवस्था सामान्य छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट […]