रामेछापमा खुल्ला रक्तदान कार्यक्रम, २३ जनाले गरे रक्तदान

रामेछापमा खुल्ला रक्तदान कार्यक्रम, २३ जनाले गरे रक्तदान

राजयोगिनी दादाजी प्रकाशमणिको १९औँ पुण्यतिथिको अवसरमा रामेछापमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

समाज सेवा प्रभाग ब्रह्माकुमारी राजयोग सेवा रामेछाप–मन्थलीको आयोजना तथा रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वय तथा सहकार्यमा शनिबार रामेछाप नगरपालिका–८ स्थित बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

बिहान ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्की, मन्थली क्याम्पसका प्रमुख डा. कुमार श्रेष्ठ, रामेछाप नगरपालिका–८ का वडाध्यक्ष सन्तोषकुमार तामाङ, ब्रह्माकुमारी विष्णु दिदीलगायत करिब ७०–८० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा महिला ७ जना र पुरुष १६ जना गरी जम्मा २३ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्ने स्वयंसेवीहरूले मानवीय सेवाका लागि आफ्नो अमूल्य रगत दान गरेका हुन्।

कार्यक्रममा सहभागी वक्ताहरूले रक्तदान जीवनदान भएकाले नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका थिए। साथै, यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमले समुदायमा आपसी सहयोग र सेवाभावको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार