नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो समय थप २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पर्साका दुई जनाको आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी […]

कोरोना सङ्क्रमण रोक्न प्रदेश दुईमा स्वास्थ्य पूर्वाधारको अभाव

प्रदेश नम्बर २ मा मात्रै कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ हजार ४५ पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । पर्सा, सप्तरी, रौतहट लगायत केही जिल्लामा कोरोना समुदाय स्तरमा नै फैलियो कि भन्ने चिन्ता छ । तर कोरोना रोकथामका लागि प्रदेश २ मा स्वास्थ्य सम्बन्धी पूर्वाधारको व्यवस्था भने पर्याप्त हुन सकेको […]

कोरोना सङ्क्रमण नियन्त्रण गर्न देशका १३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारहरूले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको सङ्क्रमण बढेपछि प्रदेश २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ठूला शहर, सदरमुकाम र अरु जिल्लामा स्थानीय तह वडासम्म पनि निषेधाज्ञा लगाइएको छ । प्रदेश २ […]

अख्तियारका १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको पिसिआर परीक्षणमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो । १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका […]

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न अपिल

विश्व स्वास्थ्य संगठन डब्लुयूएचओका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गर्नुभएको छ । नेपालमा बन्दाबन्दी खुला गरेपछि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि सङ्क्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले एक […]

नेपालमा एकैदिन थपिए ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । उहाँले यो संख्यासँगै नेपालमा […]

प्रदेश १ मा सबभन्दा धेरै बलात्कारका घटना

बितेको एक वर्षमा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भएकोमा सबभन्दा धेरै बलात्कारका घटना प्रदेश १ मा दर्ता भएका छन् । घटनामा संलग्नहरूलाई कारबाहीको दायरमा ल्याइएको प्रहरीले बताएको छ । उपत्यकामा दुई सय ६६, प्रदेश एकमा चार सय ८५, प्रदेश दुइमा दुइ सय ८८ ओटा बलात्कारका घटना भएका छन् । बागमती प्रदेशमा दुई […]

सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, […]

पर्यटन बोर्डका ४३ जना करारका कर्मचारी कटौती

नेपाल पर्यटन बोर्डले करारमा नियुक्त ४३ जना कर्मचारी कटौती गरेको छ । यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण नगरेर कटौती गरेको हो । तर, चैत पाँच गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि बोर्डले पाउने आम्दानीसमेत गुमेकाले कटौती गरेको जनाएको हो । बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक […]

विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको कोरोनाले मृत्यु

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणका कारण विदेशमा एक सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । […]