आज नेपालमा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

आज नेपालमा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा यि व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । आज नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो सहित नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा थप १०६८ जना सङ्क्रमण मुक्त भएका छन्् । यो सहित नेपालमा हालसम्म ४१ हजार ७०६ जना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १६ हजार २४२ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार