आगामी दुई तीन दिनसम्म वर्षाको सम्भावनाः मौसम विभाग

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली हुने बताएको छ । महाशाखाले गण्डकी र बागमती प्रदेशमा आज बिहानैदेखि पानी परिरहेको बताएको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहितका सबैजसो स्थानमा रातिदेखि वर्षा भइरहेको बताउनुभयो । उहाँले हाललाई केहि समयका लागि वर्षा रोकिएपनि दिउँसो वा […]

कोरोना सङ्क्रमण दर कम गर्न निषेधाज्ञामा आजबाट कडाइ गरिँदै

नोबेल कोरोना भाइरसको सङ्क्रमण दर तीव्र हुँदै गएपछि सरकारले निषेधाज्ञा कार्यान्वयनमा आजबाट थप कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को हिजोको बैठकको निर्णय अनुसार आजबाट जाँच तथा कारबाहीलाई बिहानैदेखि सुरु गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी बसन्तबहादुर कुवँरले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा थप कडाइ गर्न जगेडामा […]

देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ६९ जनाका पिसिआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय ६३ जनालाई सङ्क्रमण पुष्टि भएको छ । योसँगै […]

रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पताल मन्थलीबाट पिसिआर परीक्षणका लागी पठाएको ३८ जनाको स्वामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म २६६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २८ सय १० […]

सरकारले अब कोरोना बीमा नगर्ने

सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि पुरा भएकोले नयाँ बीमालेख जारी नगर्ने बीमा समितिले जनाएको छ । पहिलो बीमालेख चैतमसान्तमा सकिएको र दोस्रो बीमालेख असार मसान्तमा सकिन लागेकोले नयाँ बीमा नगर्न लागिएको हो । चैतमसान्तसम्म कोरोना संक्रमण भएर मागदाबी गरेका र प्रक्रिया पुरा भएकाहरुले भने […]

कोरोनाबाट जोगिनका लागि सावधानी अपनाउन सरकारको आग्रह

स्वास्थ्य मन्त्रालयले देशका २२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोकलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ । त्यस्तै कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमणदर डरलाग्दो गरी फैलिरहेकाले सचेत […]

श्रमिक दिवसको अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सबै श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै समाजवादी लक्ष्यतर्फ लामवद्ध हुन आइपुगेकोमा उहाँले जोड […]

निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न आह्वान गर्नुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकहरूप्रति सम्मान प्रकट गर्नुभएको छ । विश्वभरिका श्रमिकहरूको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक […]

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक१५ हजार पु¥याइने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हालसम्मको न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्दै मासिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पु¥याइने उल्लेख गर्नुभएको हो । दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँबाट बढाएर ५ […]

रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन भएको छ । रामेछाप नगर उद्योग वाणिज्य संघले आज बजारमा मास्क नलगाई हिँड्नेहरुलाई तपाईको मास्क खै भन्दै मास्क वितरण गरेको छ ।रामेछापको कारागार कार्यालयदेखी जिल्ला अस्पतालसम्म तपाईको मास्क खै ? लेखिएको ब्यानर सहित मास्क नलगाएकाहरुलाई मास्क वितरण गरिएको थियो । बजारमा रहेका […]