रामेछाप सहित देशभर ५६ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा

देशमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि रामेछाप सहित विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५६ जिल्लामा पुगेको छ । आजदेखि लागु हुने गरी सिन्धुपाल्चोक, बारा र सिराहामा निषेधाज्ञा गरिएको छ । हिजो म्याग्दी, मुगु, तनहुँ, र नवलपरासी पश्चिममानिषेधाज्ञा जारी भएको थियो । सरकारले दिएको […]

आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

२४ घण्टामा आज नेपालमा ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय १६ […]

घरमा नै आराम गरिरहेका सङ्क्रमितले के, के कुरामा ध्यान दिने ?

दैनिक सरदर ७ हजारको आसपासमा सङ्क्रमित थपिएका छन् । सङ्क्रमित थपिदै जाँदा अस्पतालमा बेड अभाब देखिएको छ । जसका कारण सङ्क्रमितहरु घरमा नै बसिररहेका छन् । स्वास्थ्य मन्त्रालयले कोभिड –१९ सम्बन्धी बनाएको आइसोलेशन व्यवस्थापन निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमितलाई होम आइसोलेशनमा राख्न सकिने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार […]

रामेछापका दुईजना कोरोना संक्रमितलाई काठमाडौँ पठाईयो

रामेछापका दुईजना कोरोना संक्रमितलाई थप उपचारका लागी काठमाडौँ पठाइएको छ । रामेछाप नगरपालिका ४ का ४० वर्षका पुरुष र मन्थली नगरपालिका ८ का एक पुरुषलाई थप उपचारका लागी काठमाडौ पठाईएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । थप उपचारका लागी काठमाडौँ पठाइएका दुवैजनाको अवस्था गम्भिर रहेको र उनिहरुको जिल्लामा उपचार सम्भव नभएपछि […]

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।आज बैठक सक्दा पाँच बजिसकेका कारण भोली कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने नेताहरुले बताएका छन् । यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा […]

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजे सम्मका लागि तोकिएको थियो […]

नेपालमा आज कोरोना सङ्क्रमणका कारण ५५ जनाको मृत्यु

बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । आज थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो देशभर ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यका सहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम […]

रामेछाप नगरपालिकाका सबै बजारहरुमा आज राती १२ बजे देखी निषेधाज्ञा जारी

रामेछापको रामेछाप नगरपालिकाले आज राती १२ बजे देखी लागुहुने गरी  नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म […]

सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने

सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने भएका छन् । देशमा कोरोनाको दोस्रो लहर तीव्र फैलिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको हो । जसअनुसार कोभिड सङ्क्रमण भई घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज बिदा दिने व्यवस्था गरिएको […]

साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकियो

यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार ६ सय १५ […]