पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य फेरि बढाएको छ । गयराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको उहाँले बताउनुभयो । अब पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, […]

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्को पूर्वानुमान

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले भोलि बेलुकीदेखि ठूलो पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी पहाडी भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । भोलि बेलुकीदेखि शनिबारसम्म नै झरीको सम्भावना रहेकाले बाढी–पहिरोको जोखिम बढ्नेछ […]

देशभरका १७ गाउँपालिकाले अझै बजेट ल्याउन सकेनन्

देशभर रहेका ४ सय ६० गाउँपालिकामध्ये १७ वटा गाउँपालिकाले अझै चालु आर्थिक वर्षका लागि बजेट पारित गर्न नसकेको पाइएको छ । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ७ प्रदेशमध्ये ३ प्रदेशका १७ वटा गाउँपालिकाहरुले चालु आर्थिक वर्षका लागि निती तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन । महासंघका कार्यकारि निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले सबैभन्दा बढी प्रदेश […]

काँग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली काँग्रेसभित्रको क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा हिजो बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै लामो समयदेखि थाँती रहेको क्रियाशील सदस्यताको विवाद मिलाएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले  बताउनुभयो । क्रियाशील सदस्यको छानबिनको अन्तिम टुङ्गो लगाउन गठित समितिले गएरातिसहमतिको प्रतिवेदन सभापति देउवा र वरिष्ठ […]

रामेछापमा कोरोना संक्रमित घटे,आज १ जनामा संक्रमण पुष्टि

रामेछाप जिल्लामा केहिदिनयता कोरोना संक्रमित घटेका छन । जिल्लामा दैनिक ४०÷५० जनाको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले भने दिनमा ५ देखी १० जनासम्ममा मात्रै कोरोना संक्रमण पुष्टि हुने गरेको छ । जिल्लामा कोरोना परीक्षण कम मात्रामा भएको कारण पनि संक्रमित कम भएजस्तो देखिएको हो । आज जिल्लाभरमा ६ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ जनामा […]

वाग्मती प्रदेशमा तत्कालीन प्रदेश सरकारले ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको खुलासा

वाग्मतीका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ऐनविपरीत अर्बौं रुपैयाँ अनुदान वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यविधि निर्माणको आधार ञनखुलाई १ अर्ब ६५ करोड ६७ लाख, संस्था तोकेर १ अर्ब ३७ करोड ४५ लाख र परामर्शदाताले नपाउने १२ लाख अनुदान गरी ३ अर्ब […]

गौतम एमालेमा नै रहेको स्पष्टिकरण

नेकपा एमालेको एउटा पक्षले नयाँ पार्टी निर्माण गरेपछि पार्टी भित्रै रहने वा पार्टी छोड्ने भन्ने बारेमा नेताहरु छलफलमा व्यस्त रहेका छन् । एमालेका नेताहरुका बिषयमा बिभिन्न टीका टिप्पणी आइरहदा आफुले पार्टी नछोडेको बारेमा पनि कतिपय नेताहरुले स्पष्टिकरण दिन सुरु गरेका छन् । यसैबीच,नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताउनुभएको छ । गौतमको सचिवालयले […]

१,९२० जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ […]

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

आज रक्षा वन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ ।आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको नेपाल पञ्चाङ्ग […]

आफू पार्टी एकताको पक्षमा रहेको बाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यको भनाइ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी […]