४४ लाख मात्रा कोरोनाविरुद्धको खोप तीन दिनभित्र नेपाल आउने

४४ लाख मात्रा कोरोनाविरुद्धको खोप तीन दिनभित्र नेपाल आउने

सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने रणनीति अनुसार सकारले यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप ल्याउने सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा कुन जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना सरकारले बनाएको छ ।

त्यसैअनुसार ४४ लाख मात्रा खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जादैछ र आउँदो शुक्रबारसम्म सम्झौता अनुसारको सबै खोप नेपाल ल्याइसक्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा सागर दाहालले  बताउनुभयो । महाशाखाले वैदेशिक रोजगारीमा जानेहरूलाई एकै मात्रा लगाए पुग्ने जानसिन खोप भने सकिएको बताएको छ ।

खोपको बारेमा जानकारी लिएर मात्रै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्न पनि प्रमुख दाहालले अनुरोध गर्नुभयो । १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख मात्रा मोडर्ना खोप ल्याउने टुङ्गो लागिसकेको पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । ६० लाख माा फाइजरको खोप ल्याउने प्रक्रिया पनि मन्त्रालयले अघि बढाइसकेको जनाएको छ ।

सीआईएनसँग कुराकानी गर्दै सङ्क्रामक रोग विशेषज्ञ डा विराज कर्माचार्यले कोरोनाबाट जोगिनका लागि खोप नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो । नेपालमा कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाउनेको सङ्ख्या १७.४१ प्रतिशत पुगेको छ भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १९.४५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुने दरमा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५८ रहेको छ । एक साता अघि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ७३ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार