कर्मचारीहरूको पदपूर्ति सहज नहुँदा कामकाज प्रभावित

कर्मचारीहरूको पदपूर्ति सहज नहुँदा कामकाज प्रभावित

मुलुक सङ्घीयतामा प्रवेश गरेको ४ वर्ष बितिसक्दा पनि कर्मचारीहरूको पदपूर्ति सहज हुन नसक्दा कामकाज प्रभावित बनेको छ । कार्यालयहरूमा माग भए अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । विशेषगरी प्रशासन र स्वास्थ्य सेवा क्षेत्रमा कर्मचारी अभावकै कारण सेवाग्राही सेवा लिनबाट बञ्चित हुने गरेका छन् ।

कर्मचारीको पदपूर्ति समयमै नहुँदा त्यसले समग्र देशको प्रशासन क्षेत्रलाई प्रभावित बनाउने प्रशासनविद् डा.भिमदेव भट्टले  बताउनुभयो । उहाँले सरकारले समयमै कर्मचारीको पदपूर्ति नगर्दा त्यसले समग्र देशको विकास, आथिर्क गतिविधि, प्रशासनीक काम लगायतका क्षेत्र प्रभावित हुने बताउनुभयो ।

कर्मचारीबिनाको सेवा कल्पना समेत गर्न नसकिने भन्दै उहाँले सरकारले नै ठोस नीति अपनाएर यो समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
यसैबीच, लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार