नेकपा एमालेमा आएको विभाजनपछी प्रदेश सांसदले दल रोज्न थाले

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । प्रदेशका सांसदहरुले माधब कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकिकृत समाजबादी रोजेपछि प्रदेशमा एमालेको सिट सङ्ख्या घटेको छ । १२ जना सांसदले नेकपा एस रोजेपछि बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नु भएको छ ।यसैबीच,नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । एक सय९ सदस्यीय […]

बालकलाई अप्राकृतिक मैथुन गर्ने युवक पक्राउ

पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गर्ने एक युवकलाई पक्राउ परेका छन । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ सालबोटेका १९ बर्षिय दिपेश खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । पक्राउ परेका खड्काले बालकलाई यही भदौ ५ गते दिउँसो ललाई फकाई आफ्नो घरको शौचालयमा लगेर अप्राकृतिक मैथुन करणी गरेको प्रहरीले जानकारी दिएको छ […]

बाग्मती प्रदेशमा मुख्यमन्त्री अल्पमतमा, भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाइ प्रस्ताब

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुहुने देखिएको छ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज हेटौंडा स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको बताएका हुन् । एकिकृत समाजवादीमा […]

देशभरको मौसममा सुधार, आज सुदूरपश्चिमको एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानै घाम लागेको छ । मनसुन सक्रिय भएपछि गत बिहीबारदेखि देशका धेरै ठाउँमा झरी परेको थियो । हिजोसम्म पानी पारेको प्रणाली केही कमजोर बनेकाले आज बिहानै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार त्यो प्रणाली केही कमजोर बनेको भएपनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा […]

बाढी र पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल ५० हजार दिने

सरकारले बाढी र पहिरोबाट पूर्ण क्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी रपहिरोबाट निजी घर गुमाएकाप्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँदिइने राष्ट्रिय विपद् जोखिमन्यूनिकरण तथाव्यवस्थापनप्राधिकरण प्रवक्ता विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र […]

कामको योजना पेश गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्री जनार्दन शर्माले आफूले राजश्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गतका तीन जना सचिवहरूको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न पनि उहाँले निर्देशन दिनुभयो । नवनियुक्त सचिवहरूलाई स्वागत गर्न अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री जनार्दन शर्माले […]

१२ वर्षभन्दा माथिकालाई खोप लगाउने सरकारको तयारी

सरकारले १२ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोपअसोजसम्म नेपाल ल्याइसक्ने गरी काम भइरहेको छ । तर फाइजरले विकास गरेको खोपलाई माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले भण्डारणमा समस्या हुने देखिएको छ । फाइजरकै लागि फरक भण्डारण केन्द्र […]

वर्षायाममा सङ्क्रामक रोगबाट बच्न डाक्टरको सुझाव

वर्षायाममा सङ्क्रामक रोगको जोखिम हुने भएकाले सचेत हुनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । केही दिनदेखिको लगातारको झरीले देशका कतिपय बस्ती डुबान र पहिरोको चपेटामा परेकाले त्यस्ता क्षेत्रमा सङ्क्रामक रोगको जोखिम हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । बाढी र पहिरोले विशेषगरी पानीको मुहान नै बगाउने वा पानीको स्रोत नै नाश गर्नेे भएकाले […]

मन्त्रिपरिषद्ले पर्सिसम्ममा पूर्णता पाउने

मन्त्रिपरिषद्ले पर्सि पूर्णता पाउने भएको छ । मन्त्रीपरिषद् विस्तारका लागि सत्तारुढ दलहरू छलफलमै व्यस्त भएकोले पर्सिसम्ममा पूर्णता दिने तयारी भएको सत्तारुढ दल नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो । आजसम्ममा विस्तार गर्ने तयारी गरेको भएपनि आजै विस्तारको सम्भावना कम देखिएको उहाँको भनाइ छ । मगलबार कसैले पनि मन्त्रीको नाम नदिने मान्यता रहेका कारण पनि […]

पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेकोे वरिष्ठ नेता पौडेलको भनाइ

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा क्रियाशिल सदस्यताको विवाद कायमै रहेको बताउनुभएको छ । उहाँले जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्नेमा आफू अडिग भएपनि क्रियाशिल सदस्यता वितरणमा धाँधली हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्र्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका जिल्ला सभापतिले हिजो बेलुकी अनशन तोडेका छन् । तर, […]