आज विश्व रेविजविरुद्धको दिवस

आज विश्व रेविजविरुद्धको दिवस

आज विश्व रेविजविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष २८ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ । सरकारले “रेविजः तथ्य बुझौँ, त्रसित नहोऔँ”भन्ने नाराका साथ यस वर्षको विश्व रेविज दिवस मनाउँदैछ ।

कोरोना महामारीभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै छाडा र घर पालुवा कुकुरले टोकेर दैनिक ६० देखि ८० जना अस्पताल आउने गरेका थिए ।

तर, पछिल्लो समय कोरोना विशेष अस्पताल बनेपछि त्यहाँ रेविज खोप लगाउन आउने र कुकुरले टोकेर आउने बिरामीको सङ्ख्या न्यून छ । रेविज लाग्न सक्ने सम्भावनालाई वेवास्ता गर्दा काठमाडौं उपत्यकामा मात्रै वर्षेनि ५० जनाको मृत्यु हुने गरेको थियो ।

रेविज भाइरस नै यो रोगको कारण हो । सङ्क्रमित जनावरको टोकाईपछि रेविज भाइरस मांशपेशीबाट नसा हुँदै दिमागमा पुग्छ र फेरि शरीरको विभिन्न भागमा फैलन्छ ।

मुख्यतया हाम्रो देशमा सङ्क्रमित कुकुरको टोकाइबाट स्वस्थ मानिस रेबिवबाट सङ्क्रमित हुन पुग्छ । चमेरो, फ्याउरो, छुचुन्द्रो आदि जनावरहरुको टोकाईबाट पनि रेविज लाग्न सक्ने भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ ।सरकारले रेविजविरुद्धको खोप देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरूमा निः शुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार