रामेछापमा आजदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईदै

रामेछापमा आजदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप […]

रामेछाप भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई बुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

रामेछापमा आज १९ जना कोरोना संक्रमित थपिए,३२ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १२ जना,रामेछाप नगरपालिकामा ५ जना र सुनापती गाउँपालिकामा २ जना गरी १९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ८ जना पुगेको छ । आज जिल्लामा ३२ जनाले कोरोनालाई जितेका छन […]

रामेछापमा भोलिदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईने

रामेछापमा साउन १० गते अर्थात भोलिदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा साउने १० गतेदेखि १५ […]

नेकपा माओवादी केन्द्र रामेछापद्धारा आफ्ना कार्यकर्ता नेवारलाई निलम्बन

नेकपा माओवादी केन्द्र रामेछापले आफ्ना कार्यकर्ता रत्न नेवारलाई निलम्बन गरेको छ । नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटि सचिवालय सदस्य समेत रहेका नेवार रामेछाप नगरपालिका वडा नं ४ स्थित रेणुका देवी मावि हिमगंगाको ब्यवस्थापन समितिको नेतृत्वमा रहदा देखि बिभिन्न कालखण्डमा बिभिन्न शिर्षकमा उक्त विद्यालयमा गएको रकमको हिनामिनाको विषयमा उनको नाम जोडिएपछि उनलाई पार्टिले निलम्बन गरेको […]

वाग्मती प्रदेशको बजेट खर्च ७० प्रतिशत,हटेन असारे विकासको प्रवृत्ति

वाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा करिब ७० प्रतिशत बजेट खर्च गरेको छ । करिब ८० प्रतिशत बजेट खर्च हुने संशोधित अनुमान गरेको प्रदेश सरकारले कुल बजेटको ६९.७८ प्रतिशत अर्थात् ३५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खर्च गर्न सकेको हो । प्रदेश सरकारले गत आवमा ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको […]

रामेछापबाट एक बलात्कारी ६ वर्षपछि पक्राउ

जिल्ला प्रहरीे कार्यालय रामेछापले एक महिलालाई बलात्कार गरेर फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक साविक ठूलो धादिङ–९ र हाल लिसङ्खुखपाखर गाउँपालिका १ का २७ बर्षिय टसी विकलाई आज प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालतले २०७२ मंसिर ६ गते बिकलाई १० बर्ष कैदको सजाय सुनाएको थियो । ६ बर्षदेखि फरार रहदै आएका […]

नेपालमा कोरोनाको तेस्रो लहरको जोखिम बढ्यो, अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ८ सय २९ कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ९ हजार १ सय २२ आरटी पिसिआर […]

रामेछापमा २७ जना कोरोना संक्रमित थपिए,२१ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १९ जना,रामेछाप नगरपालिकामा २ जना र दोरम्बा गाउँपालिकामा ६ जना गरी २७ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ सय ८३ जना पुगेको छ । आज जिल्लामा २१ जनाले कोरोनालाई जितेका छन […]

पुष्पलालको जन्मथलो भंगेरीमा माओवादि केन्द्र र एमाले नेपाल पक्षको संयुक्त माल्यार्पण

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा माओवादि केन्द्र रामेछाप नगर कमिटि र नेकपा एमाले माधव नेपाल पक्षले संयुक्त रुपमा रामेछापको भँगेरीमा श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ । नेकपा एमाले ओलि पक्षका नेता तथा कार्यकर्ताहरुले भने छुट्टै एक कार्यक्रमको आयोजना गरी पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका हुन । […]