राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकियो

केन्द्रीय तथ्याङ्क विभागका अनुसार राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकिएको छ । गत बैशाख ६ देखि सुरु भएको राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन मिति सकिन लाग्दा अझै पाँच प्रतिशत तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको हो । प्रत्येक १०÷१० वर्षमा कृषि गणना गर्दै आएको विभागले यसपटक ७ सय ५३ पालिकाका तीन लाख ५० […]

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज दिउँसो २ बजे प्रस्तुत हुने

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को निती तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसदमा निती तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । मुुलुक […]

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको बताउनुभएको हो । योसँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तीमा ३५ सय २० रुपैयाँदेखि १० हजार दुई सय ६० […]

स्वास्थ्य क्षेत्रमा बजेट घट्यो, एक खर्ब तीन अर्ब विनियोजन

चालुु आर्थिक वर्षका लागि स्वास्थ्यमा एक खर्ब २२ अर्बभन्दा धेरै बजेट विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको रकम घटाएको छ । एक खर्ब तीन अर्ब आठ करोड बजेट स्वास्थ्यमा विनियोजन भएको छ भने शिक्षाको बजेट बढाएर दुई खर्ब एक अर्ब ३८ करोड पु¥याइएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा झण्डै […]

आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट

चालु आर्थिक वर्षका लागि कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ३३.३५ प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षका लागि ५५ अर्ब ९७ करोड बजेट कृषिमा छुट्टाइएको हो । सरकारले सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्षमा ‘किसानसँग सरकार’ कार्यक्रम सञ्चालन हुनेछ । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै […]

रामेछापबाट २१ सय २७ जना परिक्षार्थी कक्षा १२ को परिक्षामा सहभागी हुँदै

रामेछापमा भोलीदेखि सुरु हुन लागेको कक्षा १२ को परीक्षामा २१ सय २७ जना परिक्षार्थी सहभागी हुने भएका छन । जिल्ला शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईका अनुसार कक्षा १२ को परिक्षाका लागि जिल्लामा आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लामा १३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  

नगरपालिकालाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनमा चुनौती रहिरहने बताउनुभएको छ । १५ औँ गणतन्त्र दिवसको अवसरमा रामेछाप नगरपालिकाद्धारा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नागरिकको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै रामेछाप नगरपालिकालाई विकास र समृद्धिको […]

रामेछाप कारागारका २४ जना कैदीको सजाय मिनाहा(नाम सहित)

कारागार कार्यालय रामेछापबाट २४ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ। १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये रामेछाप कारागारमा रहेका २४ जना पनि कारागार मुक्त भएका हुन् । मिनाहा पाएर मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका १८ जना, कर्तव्य ज्यान र जबरबस्ती चोरीका २ जना, सवारी ज्यान तथा […]

गणतन्त्र दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा जिल्ला अस्पताल रामेछापमा उपचाररत बिरामीलाई फलफूल र जुस वितरण गरेको छ । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने सहितको टोलिले बिहान अस्पतालमा भर्ना भएर उपचार गराइरहेका १० जना विरामीलाई फलफूल वितरण गरेको हो ।

गंगालाल एकेडेमी रामेछापका तत्कालीन प्रिन्सिपल छात्रा बलात्कार आरोपमा पक्राउ

रामेछापको गंगालाल एकेडेमीमा केहि वर्ष अघि काम गरेका प्रिन्सिपल आफुलाई राज खड्का भनेर चिनाउने राजकुमार खड्का पक्राउ परेका छन । इटहरीस्थित ब्लुमिङ लोटस् ईङ्लिस स्कुलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सोही स्कुलका तत्कालीन प्रिन्सिपल ४ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–५ स्थित स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का १५ वर्षीय छात्रालाई २०७४ […]