रामेछाप नगरपालिकाद्धारा ६ वटा रेडियोलाई प्राथमिक उपचार बक्स वितरण

रामेछापको रामेछाप नगरपालिकाले जिल्लामा रहेका ६ वटा रेडियोलाई प्राथमिक उपचार बक्स वितरण गरेको छ । आज नगरपालिकाका प्रमुख नर ब थापा मगरले हजुरको रेडियो,रेडियो रामेछाप,रेडियो तिनलाल,रेडियो तिफदी,रेडियो झंकार र रेडियो ईनर्जीलाई प्राथमिक उपचार बक्स वितरण गर्नुभएको हो । रेडियोमा काम गर्ने पत्रकारहरुलाई सामान्य औषधी उपचारमा सहयोग पुगोस भनेर प्राथमिक उपचारका सामानहरु सहितको बक्स वितरण गरिएको […]

रामेछाप नगरपालिका ७ मा एमालेबाट ध्रुब बस्नेत सर्वसम्मत वडाअध्यक्षको उम्मेद्वार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत टुंग्याइएको छ । आज बसेको एमाले नगर कमिटीको बैठकले ध्रुब बस्नेतलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । वडाध्यक्षका उम्मेद्वार बस्नेत भूतपूर्व नेपाली सेनाका जमदार हुनुहुन्छ । सुकाजोरमा चुनाव जित्ने एमालेको एक मात्र बलियो उम्मेद्वार […]

रामेछापमा ४४ हजार बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

रामेछापमा ४४ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । यहि चैत २५ गतेबाट सुरु हुने टाइफाइड विरुद्धको खोप अभियान अन्तगर्त जिल्लाभरका ४४ हजार ४ सय १० जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । ३६ हजार सय ३० जना विद्यालयका बालबालिका र विद्यालय बाहिरका ८ हजार ८७ जना […]

कारको ठक्करबाट रामेछाप पुराना गाउँका एक बालकको ज्यान गयो

ललितपुरको लुभुमा कारको ठक्करबाट रामेछापका एक बालकको ज्यान गएको छ ।हिजो साँझ साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेस रामेछाप नगरपालिकाले कुनै दलसँग गठबन्धन नगरी चुनाव लड्ने

सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस रामेछाप नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिको आज(बुधबार) बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन र […]

महंगोमा पानी किनेर खान बाध्य भयौँ भन्दै रामेछापका नागरीक जंगिए

यहि चैत्र १२ गते रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले आफनो स्थापनाको २० औँ वार्षिक साधारण सभा भव्यताका साथ मनायो । रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यता र रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित उपभोत्ताहरुले महंगोमा पानी किनेर खान बाध्य भएको […]

सुकाजोर रजयछापका आगलागी पीडितलाई माओवादी केन्द्रको पहलमा सहयोग वितरण

आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई नेकपा माओवादी केन्द्र रामेछापको पहलमा सहयोग वितरण गरिएको छ । माओवादी केन्द रामेछाप नगरको संयोजनमा प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठको पहलमा The Salvation misson मार्फत आगलागी पीडित परिवारलाई सहयोग उपलब्ध गराइएको हो । आगलागी पीडित परिवारलाई २० – २० पाता रंगिन जस्तापाता,१–१ वटा […]

रामेछाप दोरम्बा शैलुङमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले दोलखाका एक युवकलाई खुकुरी प्रहार गर्ने रामेछापका एक युवकलाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ स्थित पडिघ्याङ भन्ने स्थानमा रहेको अन्तराष्टिय युबाबर्ष मा.बिमा युवकमाथि खुकुरी प्रहार भएको हो । उक्त विद्यालयमा रङरोगन गर्ने मजदुर दोलखा जिल्ला तामाकोशी गाउँपालिका ३ जफे बस्ने बर्ष २० का अनिश पोखरेलमाथि समान्य विवादमा […]

रामेछापमा फेसबुकबाट चिनजान भएर भेटघाट गर्दा ३६ वर्षिय महिला बलात्कृत

रामेछापमा फेसबुकबाट चिनजान भएर भेटघाट गर्दा ३६ वर्षिय एक महिला बलात्कारको सिकार भएकी छन । सिराह जिल्ला सिराहा नगरपालिका वडा नं. ८ बस्ने बर्ष २९ का मुकेश कुमार यादवले रामेछाप बस्ने बर्ष ३६ की एक बिबाहित महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । यादव र महिलाबिच सामाजिक संजाल फेसबुकमा चिनजान भइ […]

रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ । आज बसेको नेपाली काँग्रेस वडा समिती बैठकले राजेश तामाङलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । यसैगरी अन्य ४ जना सदस्यका उम्मेदबार खड्ग ब मगर,शर्मिला विक,गंगाराम तामाङ र सबिना मोत्तान  […]