सांसदले पाउने भत्ता बिपन्न परिवारको लागि खर्च गर्छु- कान्छाराम

सांसदले पाउने भत्ता बिपन्न परिवारको लागि खर्च गर्छु- कान्छाराम

रामेछाप नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले आफू सांसद भएपछि पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका छन् ।

लिखुतामाकोशी गाउँपालिका वडा नं ४ बिजुलीकोटमा मंगलबार आयोजित वडा सभामा आफ्नो भनाई राख्ने क्रममा उनले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले संसदबाट पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका हुन् ।

२०७४ को निर्वाचनमा थोरै मतले पराजित भएपनि त्यतिबेला जनताको घरमा गएर गरिएका बाचा आफ्नै खर्चमा पुरा गरेको स्मरण गर्दै मंसिर ४ मा निर्वाचित भएपछि सरकारको कोषबाट करोडौ रकम ल्याएर रामेछापको विकास गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली सोमबार देखि वडा तहको चुनाबी सभामा निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार