रामेछापमा न्यायिक समितिमा परेका उजुरी समाधानमा एकरुपता ल्याउने सहमती

रामेछापमा न्यायिक समितिमा परेका उजुरी समाधानमा एकरुपता ल्याउने सहमती

रामेछापको रामेछाप नगरपालिकाले जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रम गरेको छ । रामेछाप नगरपालिकाले जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्यहरुलाई आमन्त्रण गरेर न्याय सम्पादन गर्दा सबै स्थानिय तहमा एकरुपता कायम गर्ने निर्णय गरेको हो । स्थानिय तहहरुले विवाद समाधान गर्दा एउटै पद्धतिमा गर्ने साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन ।

रामेछापका जिल्ला न्यायधिस ईन्दिरा शर्मा,जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेल समेतको उपस्थितीमा सबै स्थानिय तहहरुले विवाद समाधान गर्दा एउटै पद्धतिमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उक्त कार्यक्रममा जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिलाई जिल्ला अदालत रामेछापका न्यायधिस ईन्दिरा शर्माले सुझाव दिनुभएको छ ।

विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उक्त कार्यक्रममा न्यायिक समितिका संयोजक तथा सदस्यहरुले आ आफनो स्थानिय तहमा विवाद मिलाउँदा परेका समस्याहरु राखेका थिए ।

जिल्ला न्यायधिस ईन्दिरा शर्मा र जिल्ला अदालतका श्रेस्तेदार रामप्रसाद पौडेले न्यायिक समितीको काम,कर्तव्य र अधिकार,विवाद समाधान गर्दा ध्यानदिनुपर्ने कुराहरु लगायतका बारेमा न्यायिक समितिका संयोजक तथा सदस्यहरुलाई जानकारी गरानुभएको थियो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल,जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्य,पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार