४२ जना नेता कार्यकर्ताको नेतृत्व गर्दै सुनिल थापा आज काँग्रेस प्रवेश गर्दै
४२ नेताकार्यकर्ताको नेतृत्व गर्दै सुनिलबहादुर थापा आज नेपाली काँग्रेस प्रवेश गर्नुहुने भएको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे पार्टी प्रवेश कार्यक्रम तय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्वमन्त्री थापाले काँग्रेस प्रवेशका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराउनुभएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । […]

