सुनीलबहादुर थापा काँग्रेसमा प्रबेश

सुनीलबहादुर थापा काँग्रेसमा प्रबेश

राप्रपा परित्याग गरेर सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । आफ्नै बाबु लगायतले गठन गरेको पार्टी परित्याग गर्दै थापा आज काँग्रेसमा प्रवेश गर्नुभएको हो । काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेता थापा सहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभयो । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिनुभएको हो । थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताउनुभएको छ । राप्रपाले परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफू त्यसमा अटिरहन नसकेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार