माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको हो । माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकी मार्फत हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले निवेदन दिएका थिए […]

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची आउनुहुने भएको छ । यहीअसार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पुगेको क्षतिको बारेमा अवलोकनका लागि प्रधानमन्त्री ओली आउनलाग्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बिहान १० बजे प्रधानमन्त्री ओली त्यसतर्फ आउने तयारी भएको सत्तारुढ […]

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति जुटाउने

सत्तारुढ दल नेकपा एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको छलफलपछि कार्यदलको बैठक नियमित जस्तै बसिरहेको छ । हिजो बसेको कार्यदलको बैठकमा बिभिन्न ५ बुँदामा एकमुस्ट सहमतिको प्रस्ताव तयार पारिएको र […]

नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यको संख्या दस हजार नाघ्यो

नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यको सख्या दस हजार नाघेको जनाएको छ । जिल्लामा क्रियाशिल सदस्यको संख्या छ हजार थप गर्दै कांग्रेसले १० हजार ८ सय २३ जना पुर्याएको हो । यसअघि रामेछापमा ५७ सय क्रियाशिल सदस्य रहेका थिए । नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले १० हजार ८ सय २३ जना क्रियाशिल सदस्यको विवरण केन्द्रीय […]

काँग्रेस रामेछापको सभापतिमा कान्छारामद्वारा उम्मेद्वारी घोषणा

नेपाली काँग्रेस रामेछापका नेता,समाजसेवी एवम निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले पार्टीको जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले साउन २३ गतेसम्म सकिसक्नुपर्ने रामेछाप काँग्रेसको १४ औँ अधिवेशनमा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । कान्छारामले सुख दुःखमा जिल्लाका नागरिकलाई सकेको सहयोग गर्दै आएको र एक कार्यकाल पार्टीको सभापति भएर काम गर्ने इच्छा […]

असार १६ गते राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमालेको निर्णय

नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको […]

प्रधानमन्त्री ओलीको धोकाले आफुहरु दिक्क भएको नेता नेपालको भनाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएर विद्रोहा उत्रिएको बताउनुभएको छ । आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले ओली कुनै पनि हालतमा नसुध्रने दाबी गर्दै उहाँले बालुवा पेलेर तेल ननिक्लने दाबी गर्नुभयो । नेता नेपालले आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको बताउनुभयो । लोकतन्त्रको […]

नेपाली काँग्रेसको थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक

नेपाली काँग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नामावली सार्वजनिक गरेको हो । केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण दर्ता गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली काँग्रेसको आधिकारिक साइटमा राखिएको हो । यसअघि […]

राजनीति

राष्ट्रको विशिष्ट उद्देश्य प्राप्त गर्नको निमित्त गरिने अग्रगामी परिवर्तनलाई विशेषतः राजनीति भनिन्छ । राजनीति भनेको राज्यको मूल नीति हो । राज्य चलाउने साधन हो । कुनै पनि राज्यको आकार एवं संरचना राजनीतिले नै तय गर्ने गर्दछ । भनिन्छ कलिला बालबालिकामा देश भेटिन्छ । महिलाको अनुहारमा देश झल्किन्छ । वृद्ध भएका बुबा आमाका गालामा देशका सीमाना भेटिन्छ । […]

कोरोना सङ्क्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताउनुभएको छ । सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको प्रधानमन्त्रीको भनाइ छ । नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश […]