प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा२० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दैआज बेलायत जाँदै हुनुहुन्छ । स्कटल्यान्डको ग्लागोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली आज बिहान १० बजे बेलायत जान लागेको हो । प्रधानमन्त्री देउवा कतार एयरको उडानबाट बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ […]

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा शपथ ग्रहण

वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीवार आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो […]

नेकपा एसका नेता पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्न लाग्नुभएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । हिजै चार […]

नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह ‘कलम’

नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिन्ह उपलब्ध गराएको छ। आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार ‘कलम’ चुनाव चिन्ह उपलब्ध गराइएको हो। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिन्ह कलम माग गरिएको र सो चिन्ह एकीकृत समाजवादी पार्टीलाई उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ। एकीकृत समाजवादीले प्रस्ताव गरेको झण्डा पनि प्रदान […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको […]

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन हुनुभएको छ । आज भएको नगरपालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो । अन्य निर्वाचित पदाधिकारीमा : अध्यक्ष – राेषन पाख्रीन उपाध्यक्ष – हरि बहादुर प्रधान सचिव – सुन्दर घिमिरे उप सचिव – कुबेर श्रेष्ठ उप सचिव – माधब ढकाल नेकपा एमाले रामेछापको […]

एमाले रामेछापको पालिका अधिवेशन जारी

नेकपा एमाले रामेछापको पालिका अधिवेशन आज भइरहेको छ । जिल्लाको ८ वटै स्थानियतहरुमा एमालेका नेता तथा कार्यकर्ता सहभागी भएर नयाँ नेतृत्व चयन र आगामी योजनाहरुको बारेमा छलफल गरिरहेका छन । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा पालिका अधिवेशन भइरहेको बताउनुभयो । जिल्लाको सबै स्थानिय तहहरुमा एकैसाथ कुनै विवाद […]

रामेछापमा एमालेको पालिका अधिवेशनको तयारी पूरा

नेकपा एमाले रामेछापले भोलि हुने पालिका अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको छ । गत शनिबार वडाको अधिवेशन गरेको एमालेले कार्तिक ९ गते मंगलबार हुने पालिका अधिवेशनको तयारी पनि पुरा भएको जानकारी गराएको छ । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा एकैसाथ कुनै विवाद रहित ढंगले नेतृत्व चयन […]

एमाले रामेछाप नगरपालिकामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न, यी हुन वडा कमिटीका अध्यक्षहरु (नामसहित)

नेकपा एमाले रामछाप नगरपालिकाले हिजो नगरपालिकाको ८ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले रामेछाप नगरपालिकाको एउटा वडा बाहेक आठ वटा वडामा नयाँ नेतृत्व चयन गरेको छ । वडा अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्म रुपमा वडा अधिवेशन सम्पन्न भएको हो । वडा नं ४ हिमगंगामा आज अधिवेशन हुने बताइएको छ । वडा […]

भोलि एमाले रामेछापको वडा अधिवेशन हुँदै,सर्वसम्म रुपमा नेतृत्व चयन हुने

नेकपा एमाले रामेछापले जिल्लाका विभिन्न तहको अधिवेशनको तयारी सकिएको जनाएको छ । कार्तिक ६ गते शनिबार जिल्लाका सबै वडाको अधिवेशनको तयारी सकिएको एमालेले जनाएको छ । एमाले रामेछापको ६२ वडामा शनिबार एकसाथ अधिवेशन आयोजना हुँदैछ । ६४ वडामध्ये २ वटा वडामा भने अधिवेशन सम्पन्न भईसकेको छ । एमालेको वडा कमिटी ३१ सदस्यीय हुनेछ । अध्यक्ष […]