कोरोना रोकथामका लागि मन्थली नगरपालिकाको खर्च लगभग ४६ लाख

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार […]

तीन दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई सरकारको निर्देशन

सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो । तीन दिन भित्र खटाइएको स्थानमा […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हिजो मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा […]

कोरोना रोकथामका लागि रामेछाप नगरपालिकाको खर्च लगभग ७० लाख

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा सबैभन्दा बढी खर्च क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार […]

अब ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने

अबदेखी नदी र खोलाबाट ढुंगा गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने भएको छ । सरकारले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन विक्रि र व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ जारी गरेपछि जो कोहिले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्न नपाउने भएका हुन् । संघीय सरकारले तयार पारेको मापदण्ड सातवटै प्रदेश सरकार र […]

तीन जना बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

लमजुङमा ३ जना बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ३ बगुमका वर्ष ४३ का नन्दमान गुरुङलाई प्रहरीले हिजो पक्राउ गरेका हो ।भदौ ६ गते ११ बर्षिया दुई बालिका र ९ बर्षिया बालिकालाई कोही नबस्ने खाली घरमा लगी ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको लमजुङका […]

सरकारले बाध्यतामा लकडाउन गरेको स्वास्थ्य मन्त्रालयको भनाइ

सरकारले नागरिकले नियमहरू पालना नगर्दा कोरोनाको संक्रमण बढ्दै गएको र लकडाउन गर्न बाध्य भएको बताएको छ । लकडाउन खुल्ने बित्तिकै भिडभाड बढेको र नियमहरू पालना हुन छोडेका कारण बाध्य भएर लकडाउन गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले लकडाउन मात्रै कोरोना नियन्त्रणको एकमात्रै विकल्प होइन भन्ने जान्दाजान्दै पनि […]

बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने

बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा विहिबार बसेको बैठकले कोरोनाको जोखिम बढदै गएकाले प्रदेश अन्तर्गतका अस्पतालहरुलाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रदेश अन्तर्गत रहेको अस्पताललाई थप व्यवस्थापनमा सहज बनाउन थप बजेट उपलब्ध गराउने निर्णय […]

वाग्मती प्रदेश सरकारद्धारा पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार

वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत सामग्रीको मार्गदर्शनमा रही सो प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिको मस्यौदामा नागरिकस्तरमा छलफल हुन थालेको छ । शिक्षा अधिकार अनुगमन समिति (एजुकेशन वाच ग्रुप) ले बिहीबार भर्चुअलरुपमा आयोजना […]

बागमती प्रदेश सरकारले अस्पतालहरुको स्तरोन्नति गर्ने

बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो । ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । हाल दोलखा, काभ्रे, काठमाडौ, ललितपुर र चितवनमा प्रदेश […]