ईरामेछाप अर्थतन्त्र तथ्यचित्र : रामेछापका कुन कुन वडामा कति कति व्यवसायहरु छन् ?

ईरामेछाप अर्थतन्त्र तथ्यचित्र : रामेछापका कुन कुन वडामा कति कति व्यवसायहरु छन् ?

केन्द्रिय तथ्यांक विभागले २०७५ सालमा दुई महिना लगाएर नेपालमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरेको थियो । यसको विस्तृत प्रतिवेदन भने विभागले भर्खरै केहि समय अघि मात्र प्रकाशन गरेको छ । उक्त प्रतिवेदन अनुसार नेपाल भरी ९ लाख २३ हजार ३ सय छपन्न व्यवसायिक संस्थाहरुले ३२ लाख २८ हजार ४ सय सन्ताउन्न जनालाई रोजगारी दिएको उल्लेख छ ।

ईरामेछाप डटकमले राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार रामेछापको तथ्यांक चित्र प्रस्तुत गरेको छ । समग्र देशभरी काठमाडौँ लगाएतका मुख्य सहरी क्षेत्रमा नै व्यवसायिक चहलपहल बढी रहेको देखाए जस्तै रामेछाप जिल्ला भित्र पनि शहरीकरण भएको स्थानहरुमा नै व्यवसायिक संस्थाहरु बढि रहेको देखाएको छ ।

रामेछाप जिल्ला:

रामेछाप जिल्लाभर ५ हजार ६ सय २१ वटा व्यवसायिक संस्थाहरु छन् जसले २२ हजार ८ सय १८ जनालाई रोजगारी दिएको छ । जस मध्ये अधिकांश अर्थात् ५४ प्रतिशत पुरुष रहेका छन् ।

स्थानिय तह अनुसार व्यवसाय संख्या :

रामेछाप जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये सबै भन्दा धेरै व्यवसायिक संस्थाहरु सदरमुकाम रहेको मन्थली नगरपालिकामा छन्, जहाँ १३ सय ५२ वटा संस्था रहेका छन् । त्यसै गरी सबै भन्दा कम अर्थात् ४११ वटा व्यवसायिक संस्था सुनापति गाउँपालिकामा रहेको छ ।

वडा अनुसार व्यवसायहरु:

वडाहरुको तथ्यांक केलाउँदा पनि पालिकाको सहरीकरण हुँदै गरेका र भएका बजार केन्द्रहरुमै बढी व्यवसायहरु रहेको देखाउँदछ । जिल्लाभरका स्थानीय तहका वडाहरु मध्ये मन्थली नगरपालिकाको वडा नं १ मा सबै भन्दा धेरै अर्थात् ५३४ वटा व्यवसायहरु रहेका छन् भने सबै भन्दा कम व्यवसाय रहेको वडा पनि मन्थली नगरपालिकाकै वडा नं. ३ रहेको छ जहाँ २१ वटा मात्रै व्यवसायहरु रहेका छन् ।

देशभरमै कृषि क्षेत्रमा आवद्ध संख्याको आधारमा रामेछाप तेस्रो:

देशभरकै आर्थिक गणनामा ७७ जिल्ला मध्ये रामेछापको स्थान कहाँ होला ? हाम्रो दिमागमा आइहाल्छ: रामेछाप त देशमा अरु जिल्लाको तुलनामा जहिल्यै पछाडी त हो वा औषतमा होला । तर केन्द्रिय तथ्यांक विभागले छुट्याएको व्यवसायहरुको विभिन्न क्षेत्रहरु मध्ये कृषि, वन तथा मत्स्य क्षेत्रको व्यवसायमा आवद्ध संख्या बढि भएका जिल्लाहरु मध्ये रामेछाप देशमै तेस्रो स्थानमा रहेको छ । यस क्षेत्रको व्यवसाय सँख्या सबै भन्दा धेरै सिन्धुली जिल्लामा छ भने यस क्षेत्रमा आवद्धदताको हिसाबले धादिङ र सिन्धुली पछि रामेछाप जिल्ला तेस्रो स्थानमा छ । जस अनुसार कृषि क्षेत्रको व्यवसायमा रामेछापका ४५ सय ४५ जनाले रोजगारी गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार