ओखलढुंगाकी १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

ओखलढुंगाकी १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छन । उनलाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३ जना पक्राउ परेका छन् । गएको २४ गतेको घटनालाई लिएर पीडितकी दिदीको उजुरीको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु १५, १७ र १९ वर्षीय किशोरहरु रहेका छन् । पीडित र पीडक सँगै पढ्ने साथी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ जनामध्ये २ जना आफ्नै दाजुभाइ रहेको समेत प्रहरीको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार