रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ । आज बसेको नेपाली काँग्रेस वडा समिती बैठकले राजेश तामाङलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो ।

यसैगरी अन्य ४ जना सदस्यका उम्मेदबार खड्ग ब मगर,शर्मिला विक,गंगाराम तामाङ र सबिना मोत्तान  सर्वसम्मतमै टुंग्याएको छ ।  ५ वर्षसम्म पनि ओख्रेनीमा देखिने गरी अहिलेको जनप्रतिनिधीले केहि काम गर्न नसकेको भन्दै वडाअध्क्षका उम्मेदवार तामाङले ओख्रेनीको विकासका लागी आफु वडाअध्क्षमा उठेको बताउनुभयो । वडाअध्क्षका उम्मेदवार तामाङ युवाहरु माझ निकै लोकप्रिय हुनुहुन्छ । तामाङ नेपाली कांग्रेस रामेछाप नगरपालिका वडा नं ६ का वडा सभापति समेत हुनुहुन्छ । यसअघि वडा नं ६ ओख्रेनीमा एमालेबाट धन ब खड्का वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार