रामेछाप खाँडादेवी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ७ घर भएका वर्ष २५ का उक्त कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमति कर्मचारी होम आईसोलेसनमै बसेको उहाँले बताउनुभयो । असोज २१ गते गाउँपालिकाबाट २८ जनाको स्वाब […]

रामेछाप दोरम्बाका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवा सुर्केमा रहेको एक आधारभुत विद्यालयमा कार्यारत वर्ष ३२ का एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । महोतरी जलेश्वर घर भएका शिक्षकमा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना […]

विश्व मानसिक दिवस २०२०: मानसिक स्वास्थ्यमा  प्रर्याप्त लगानी र व्यापक पहुँच  अहिलेको आवस्यकता 

गोपाल ढकाल, मनोविद विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र  चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र […]

कोरोनाबाट थप दुई जनाको मृत्यु

थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गएराती बाँकेमा अस्पतालमा उपचाररत दुईजना मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ बर्षका किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण […]

समुदायस्तरमा कोरोना फैलिएको बारेमा एन्टिबडी परीक्षण गरिदै

सरकारले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबार हिजोदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई प्रदेश खटाइएको हो । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाको सङ्क्रमण समुदायस्तरमा […]

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या एक लाख ६ सय ७५ पुगेको […]

रामेछापका १६६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,३९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १७ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १५ सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ६६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ […]

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । हिजो अस्पतालमा कार्यरत ७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म लागि अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने अस्पतालका डाक्टर रोशन ग्वाछाले जानकारी […]

बढ्यो कोरोना सङ्क्रमण दर, एकसय जनाको जाँच गर्दा २४ जनामा सङ्क्रमण

मुलुकमा पछिल्लो २४ घण्टामा एकसय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशतअर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये […]

रामेछाप नगरपालिकामा विहान ५ बजेदेखि १० बजेसम्म मात्रै पसल खोल्न पाईने

कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले थप कडाई गरेको छ । अबदेखि नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णय गरेको छ । रामेछापका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेका अनुसार रामेछाप बजारका केहि स्थानिय सहित नगरपालिकाको केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि […]