रामेछापका थप १ जनामा कोरोना संक्रमण, जिल्लामा १० जना सक्रिय सङ्क्रमित

रामेछापका थप १ जनामा कोरोना संक्रमण, जिल्लामा १० जना सक्रिय सङ्क्रमित

रामेछाप जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकाका वर्ष ४५ का एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९८ जनामध्ये १८८ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जिल्लामा १० जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा ९७ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २६ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा दशजना , जिल्ला अस्पतालमा नौँ जना ,उमाकुण्ड गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा तीनजना कोराना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ८४ जना र पुरुष २ सय जना गरी २८४ जनालाई कोरोना सङ्क्रमण भएको छ । अहिले जिल्लामा कोहि पनि व्यक्ति क्वारेन्टाईनमा बसेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार