भोलिसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध
नदी तटीय क्षेत्रका बासिन्दालाई भोलि बेलुकीसम्म नै सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुुरोध गरेको छ । देशका विभिन्न ठाउँमा भोलिसम्म नै ठूलो पानी पर्ने भएकाले नदीहरूमा एक्कासी बाढी आउनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको हो । महाशाखाका अनुसार अहिले डोटीमा पश्चिम सेतीको गोपाघाट जलमापन केन्द्र र डडेलधुरामा महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा बाढीले खतराको […]