कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

कोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ घर भएकी ८५ बर्षका महिलाको नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट नेपालमा निधन हुनेको संख्या ४४ पुगेको छ ।सरकारकोरोना सङ्क्रमित एक महिलाको आज शुक्रबार उपचारकै क्रममा निधन भएको छ […]

तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा […]

नेपालमा तीन महिनामा बाढि पहिरोबाट एकसय ७९ जनाको मृत्यु

वैशाख यता तीन महिनाको अवधिमा नेपालमा पहिरो, बाढी र चट्याङका विभिन्न घटनामा परेर एकसय ७९ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोमा परेर एक सय २६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ । बाढीबाट भने ६ जनाको मृत्यु भएको छ […]

नेपालमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उहाँलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी […]

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुइ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा धनुषाका एक पुरुष र अर्का ४९ वर्षका चिनियाँ महिला रहेका छन् । चिनियाँ महिला पोखरामा बस्दै आएका थिए । मन्त्रालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई साउन […]

रामेछाप जिल्लामा ७५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ७५ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ३ र पुरुष ७२ जनालाई क्वारेन्टिनमा राखिएको हो । मन्थली नगरपालिकामा २७ जना, रामेछाप नगरपालिकामा ११ जना, खाडाँदेबि गाउँपालिकामा ७ जना, गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्वा गाउँपालिकामा ७ जना , लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापाति गाउँपालिकामा […]

कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जेष्ठ नागरिकको गएराती मृत्यु भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएका महोत्तरीका ६० बर्षका शशि भुषण झाको गएराति मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । मृतकको शव […]

रामेछाप जिल्लामा ५ सय १७ जनाको पीसीआर

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म ५ सय १७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ८६ जनाको पीसीआर नेगेटिभ आएको छ । ८ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । जिल्लाका २३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर गईसकेका छन । […]

बर्नमाउथलाई हराउँदै युनाइटेड चौथो स्थानमा उक्लियो

काठमाडौं, २० असार । प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेडले जीत हात पारेको छ । एएफसी बर्नमाउथलाई ५-२ ले हराउँदै युनाइटेडले महत्वपूर्ण ३ अंक बटुलेको छ । युनाइटेडको जीतमा मेसन ग्रीनवूडले २ तथा एन्थनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफोर्डले १-१ गोल गरे । बर्नमाउथका लागि स्टानिसलास र किंगले १-१ गोल गरे । खेलमा […]

बायर्नले जित्यो जर्मन कप उपाधि

काठमाडौं ।  बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल […]