रामेछापका शिक्षकहरु रिले अनशनमा

रामेछापका शिक्षकहरु रिले अनशनमा

नेपाल शिक्षक महासंघ रामेछापमा आवद्ध शिक्षकहरु रिले अनशन बसेका छन् । विभिन्न ३० बुँदे माग राख्दै आन्दोलन थालेको महासंघले चौथो चरणको आन्दोलन गरिरहेको छ । सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज रामेछाप लगायत देशभरका शिक्षकहरु एक दिने रिले अनशन बसिरहेका हुन ।

नेपाल शिक्षक महासंघ रामेछापमा आबद्ध शिक्षकहरु जिल्लाको सबै स्थानिय तहहरुमा अनशन बसिरहेका छन । नेपाल शिक्षक महासंघ रामेछाप नगर आन्दोलन परिचालन समितीको आयोजनामा रामेछाप नगरपालिका कार्यालय बाहिर शिक्षकहरु रिले अनशनमा बसेका छन ।

शिक्षक महासंघ रामेछापले जिल्लामा शिक्षकहरुलाई विभिन्न बहानामा म्याद थप नगर्ने गरिएको भन्दै यस्ता खालका व्यवहार तुरुन्तै बन्द गर्न माग गरेको छ । शिक्षकहरुको पेशागत सुरक्षाको ग्यारेन्टि गर्न र शिक्षक तथा प्रधानाध्यापकलाई विभिन्न अतिरन्जित लान्छाना लगाउने प्रवृति तुरुन्त बन्द गर्न पनि शिक्षक महासंघ रामेछापले जिल्लाका स्थानिय तहरुलाई आग्रह गरेको छ ।

साथै आवश्यकता अनुसार कक्षागत र विषयगत दरबन्द सिर्जना गरि राष्टिय स्तरमा दरबन्दी मिलान हुनुपर्ने,कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामुहिक पदोन्नतीको व्यवस्था हुनुपर्ने,तत्कालिन उच्च माविमा कार्यरत शिक्षकह्रुको दरबन्दी प्रबन्धगरी स्थायित्वको प्रक्रिया आरम्भ हुनुपर्ने, स्थायी शिक्षकहरु नियुक्ति तथा बढुवा भएको मितिबाट १ वर्ष पुगेपछि ग्रेड बृद्धिको व्यवस्था हुनुपर्ने र विगतमा शिक्षकका संस्था र सरकारबीच भएका सबै सहमति र सम्झौताहरु लागु हुनुपर्ने लगायतका माग गर्दै शिक्षकहरुले आन्दोलन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार