महाकाली आधारभूत विद्यालयलाई मौरी पालनको लागी घार वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयलाई वडाले मौरी पालनको लागी घार वितरण गरेको छ । मौरी पालनको लागी राम्रो हावापानी र उचित वातावरण रहेको मुडाजोरलाई मौरी पकेट क्षेत्र विकास गर्नको लागी विद्यालयलाई मौरी घार वितरण गरिएको हो । एउटा मौरी सहितको गरी १० वटा घार विद्यालयलाई वितरण गरिएको वडाअध्यक्ष […]

सिद्वेश्वर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव सम्पन्न

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न २ सोतर्मुमा रहेको सिद्वेशवर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । पूर्व मन्त्री तथा समाजसेवि आङ छिरिङ लामाको अध्यक्षता तथा उमाकुण्ड गाउपालिका अध्यक्ष सेर बहादुर सुनुवारको प्रमुख आतित्यतामा कार्यत्रलम भएको हो । कार्यक्रममा २०६३ सालमा स्थापना भएको क्याम्पसलाई हालसम्मको अबस्थामा ल्याउन महत्त्वपूर्ण सहयोग […]

रामेछाप रस्नालुको भिम आधारभूत विद्यालयमा प्रारम्भिक बालविकास सिकाई मेला हुँदै

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा रहेको भिम आधारभूत विद्यालय रस्नालुमा प्रारम्भिक बालविकास सिकाई मेला हुने भएको छ । प्रारम्भिक उमेरका सम्पूर्ण बालबालिकाहरुको सर्वाङ्गीण बालविकासको अधिकार सुनिश्चितताको लागी अभिभावक,स्याहारकर्ता समुदाय र सरोकारवाला निकायहरुको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले प्रारम्भिक बालविकास सिकाई मेला संचालन गर्न लागिएको बताइएको छ । यहि मंसिर २२ गते शनिबार बिहान ९ः३० […]

शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता

सत्य राम कासिछ्वा सूर्यमढी ९, भक्तपुर । २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउनका लागि आवश्यक कानुन निर्माणको घोषणा तत्कालिन अर्थमन्त्रीले गरेका थिए । यस घोषणाले शिक्षाक्षेत्रमा संलग्न शिक्षक तथा शिक्षाशास्त्र अध्ययन गर्दै गरेका विद्यार्थीको […]

उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न थप गर्‍यो भत्ता 

रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न भन्दै संघीय सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको भत्तामा केही रकम थप गरेको छ । माध्यमिक तहको प्रधानाध्यापक भत्ता २ हजार रुपैयाँ थपेर २५०० पुर्‍याएको छ भने आधारभूत तह १-८ का प्रधानाध्यापकको भत्तामा १२०० थपेर १५०० पुर्‍याएको छ र आधारभूत तह १-५ का प्रधानाध्यापकको भत्ता ८०० थपेर १००० रुपैयाँ […]

दसैँ तिहार बिदामा पनि महाकाली आधारभूत विद्यालयमा नियमित कक्षा सञ्चालन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयले दसैँ तिहारको बिदामा पनि नियमित कक्षा सञ्चालन गरिरहेको छ । विद्यार्थीहरुलाई लामो बिदा दिँदा उनिहरुको पढाइ कमजोर हुने हुँदा विद्यालयमा नियमित कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक राम बहादुर घिसिङ्गले जानकारी दिनुभयो । यो विद्यालयले हिउँदे तथा बर्खे बिदामा समेत नियमित कक्षा संचालन गर्ने […]

रामेछाप नगरपालिकाले मनायो ६० औँ राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकाकाले विभिन्न कार्यक्रम गरेको छ । शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकाकाले विभिन्न कार्यक्रमहरु आयोजना गरेर भव्य रुपमा मनाएको हो । नगरपालिकाले हाजिरी जवाफ, वक्तृत्वकला,विज्ञान प्रदर्शनी र एसइई परीक्षा तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । नगरभरी रहेको विद्यालयहरु बिचमा भएको […]

रामेछापको मन्थलीमा स्ववियुले चलायो लोकसेवा तयारी कक्षा

मन्थली शहिद स्मृति क्याम्पस स्वतन्त्र विद्यार्थि युनियन मन्थलीले क्याम्पस भित्र लोकसेवा आयोगको तयारी कक्षा आरम्भ गरेको छ । क्याम्पसमा अध्ययनरत लोक सेवा आयोगको तयारी गर्न चाहने विद्यार्थिहरुलाई सहज होस भन्नका लागि स्ववियुले बुधबारबाट कक्षा आरम्भ गरेको हो । उक्त तयारी कक्षाको शुभारम्भ कार्यक्रमका प्रमुख आतिथ्यता वागमति प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं साँसद आनन्द […]

रामेछापका विनय घिमिरे त्रिवि पहिलो सेमेस्टरमा ’टप’

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गर्नुभयो । शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गर्नुभयो । त्रिभुवन विश्व विद्यालय गत मङ्गलवार नतिजा प्रकाशित गरेको थियो । यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको […]

शिक्षा क्षेत्र सुधारको लागी रामेछाप नगरपालिकाले दस वर्षे शैक्षिक योजना निर्माण गर्दै

रामेछापको रामेछाप नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी दस वर्षे शैक्षिक योजना निर्माण गर्ने भएको छ । नगरपालिकाले शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गर्न लागेको नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो । विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण हुने उहाँले बताउनुभयो । नगरपालिकाले बनाउन लागेको योजनामा ज्ञान, […]