रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,३ हजार २ सय ३१ जना विद्याथीले परीक्षा दिँदै

यहि चैत्र १७ गते शुक्रबार भोलीदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । यो वर्ष रामेछापका ३ हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा […]

स्थायी शिक्षक नियुक्तीमा इकाई प्रमुखको चलखेल, सुगम पार्नलाई तीन जनालाई नियुक्ती नै दिएनन्

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुखले शिक्षक नियुक्तमा व्यापक चलखेल गरेका छन् । प्रावि तह तृतिय श्रेणीका नयाँ शिक्षक नियुक्तीमा नियुक्तीका लागि निवेदन शुल्क बुझाएका तीन जनालाई इकाई प्रमुख भरत बहादुर भट्टराइले नियुक्त नै नदिइ गोलमोटलमा बाँकीलाई मात्रै नियुक्त दिएका छन् । योग्यताक्रमको आधारमा नियुक्ती दिँदा अहिले दुर्गम पालिका पुग्ने भएपछि उनले केही दिनमा […]

एसईई परीक्षा नजिकिएसँगै विद्यार्थी कोठा खोज्ने चटारोमा

माध्यमिक शिक्षा परीक्षा एसईई नजिकिएसँगै रामेछापमा विद्यार्थीलाई कोठा खोज्ने चटारो सुरु भएको छ । घर नजिकैका विद्यालयमा परीक्षा केन्द्र नतोकिँदा र परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई परीक्षा अवधिभर डेरामा बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा परीक्षाको भन्दा पनि खान बस्नकै चिन्ता हुने विद्यार्थीहरूको भनाइ छ । श्री गौरीशङ्कर माविमा कक्षा १० मा अध्ययनरत सुस्मिता बस्नेतले […]

चैत १७ गतेबाट सुरु हुने एसइई परीक्षामा रामेछापबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने

यही चैत महिनाको १७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा रामेछापबाट यो वर्ष ३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा रहेको ९६ वटा माध्यमिक विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका हुन् । […]

गौरीशङकर माविले मनायो ५९ औँ वार्षिकोत्सव

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी सोमबार ५९ औँ वार्षिकोत्सव मनाएको छ । प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)को प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापना समितीका अध्यक्ष कमल विक्रम कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै सांसद कान्छारामले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक […]

जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवन उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाले उक्त भवनको उद्धघाटन गर्नुभएको हो । सोही कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै उहाँले विद्यालय […]

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ : मन्त्री युवराज दुलाल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न बाग्मती प्रदेश सरकारले धेरै कार्यक्रमहरु अगाडी बढाएको […]

गौरीशङ्कर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कार्की

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल विक्रम कार्की चयन हुनुभएको छ । विव्यसका सदस्यहरुमा सावित्रा कार्की,उद्धव कुमार श्रेष्ठ,निरु थापा,चुक्त्त बहादुर मगर र कृष्णमायाँ नेवा खड्गी चयन भएका हुन । शिक्षक अभिभावक संघको अध्यक्षमा केही दिन अघि राम कुमार कार्की चयन भैसक्नुभएको […]

विद्यालयमा पानी नहुँदा विद्यार्थी संख्या घट्यो, विद्यार्थीहरु घरबाटै पानी लैजान बाध्य

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको श्री महाकाली आधारभूत विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घर आउने गरेको अभिभावक गोविन्द राउतले बताउनुभयो । विद्यालय आसपासमा खानेपानीको कुनै मुहान नहुनु र नगरपालिका तथा वडाले ध्यान […]

विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव हुँदै

श्री गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापमा विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्था सृजना भएको छ । २०२० सालमा स्थापना भएको विद्यालयमा एकपटक चुनाव मार्फत विव्यस अध्यक्ष छनोट गरिएको भएपनि अरु सबै सर्वसम्मत विव्यस अध्यक्ष छनोट गरिएको थियो । यस पटक राजनीतिक भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्थाको सृजना भएको हो । विव्यस अध्यक्ष हुन नेपाली […]